एजेन्सी । जर्मन गोलरक्षक म्यानुएल नोएरको खुट्टा भाँचिएको छ । फिफा विश्वकप कतार २०२२ बाट बाहिरीएपछि छुट्टि मनाउने क्रममा उनको खुट्टा भाँचिएको छ ।
जर्मन राष्ट्रिय टोली तथा बायर्न म्युनिखका कप्तान समेत रहेका उनको स्की खेल्ने क्रममा खुट्टा भाँचिएको जनाएका छन् । उनको खुट्टाको शल्यक्रिया समेत भएको र उनले अब यस सिजन खेल्ने सम्भावना न्यून बनेको छ । खुट्टाको तल्लो भाग भाँचिएर गम्भीर शल्यक्रिया गर्नुपरेको बताइएको छ ।

बायर्न म्युनिखका लागि मुख्य गोलरक्षकको रुपमा खेल्दै आएका उनले च्याम्पियन्स लिगको खेल गुमाउने सम्भावना देखिएको छ । च्याम्पियन्स लिगको नकआउट चरणमा बायर्नले पिएसजीसँग खेल्दैछ । फेब्रुअरी १५ र दोस्रो लेग मार्च ९ तारिखमा उक्त खेल हुनेछ ।
नोएरको अनुपस्थितिमा अब बायर्नको गोलरक्षकमा स्वेन उल्रीचले खेल्ने सम्भावना छ ।
यो पनि हेर्नुहोस्,
रुँदै बाहिरिए रोनाल्डो, भयो विश्वकप जित्ने सपनाको अन्त्य !
एजेन्सी । फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्ने पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको सपना समाप्त भएको छ । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलको खेलमा मोरक्कोसँग १–० गोलको हार ब्यहोरेसंगै रोनाल्डोको सपना चकनाचुर भएको हो ।
क्लब फुटबल र युरोपियन प्रतियोगिता जितेका रोनाल्डोको अन्तिम लक्ष्य विश्वकपको उपाधि उचाल्नु थियो । त्यसैले उनले यो विश्वकपलाई आफ्नो अन्तिम विश्वकप र उपाधि जित्नका लागि अन्तिम अवसर भएको भन्दै आएका थिए ।
उमेरले ३७ वर्ष पुगेका रोनाल्डोले उमेरका कारणले पनि अन्तिम विश्वकप भएको बताउदै आएका थिए । पछिल्लो समय खेल खस्किएकै कारण रोनाल्डोलाई पोर्चुगलले अन्तिम १६ र क्वार्टरफाइनलको खेलमा बेन्चमा राखेको थियो।
शनिबार मोरक्कोविरुद्ध उनी दोस्रो हाफमा मैदान छिरेका थिए । मैदान छिरेको १८ मिनेटसम्ममा उनले सात पटक मात्र बल छोएका थिए।
शनिबार मोरक्कोसँग पराजित भएपछि रोनाल्डोको आँखामा आँसु रोकिएन । मैदानबाट बाहिरिदै गर्दा उनी रोएका थिए।