एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गतको क्वाटरफाइनलको खेल अहिले भइरहेको छ । नेपाली समय अनुसार बेलुका ८ः४५ बजेबाट खेल सुरु भएको हो ।
सेमिफाइलन पुग्ने लक्ष्यसहित पोर्चुगल र मोरक्कोले कडा प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो हाफको खेल निकै नै रोचक बन्दै सकिएको छ । दुवै टिमले कडा प्रतिस्पर्धा गरेका थिए ।
अहिले पहिलो हाफको खेल सकिएको छ । मोरक्कोले पहिलो गोलको अग्रता बनाउन सफल भएको छ । कसले सेमिफाइलनको यात्रा तय गर्छ त्यो भने हेर्न नै बाकी छ ।
अन्तिम १६ को खेलमा स्पेनलाई टाइब्रेकरमा पाखा लगाउँदै मोरक्को क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको थियो । यता पोर्चुगल भने युरोपेली टोली स्विटजरल्यान्डविरुद्ध गोलको वर्षा गर्दै अन्तिम ८ मा प्रवेश गरेको थियो ।
मोरक्को र पोर्चुगलले यसअघि विश्वकपमा दुई पटक सामना गरेका थिए । सन् १९८६ मा मोरक्कोले ३–१ को जित दर्ता गरेको थियो । त्यस्तै सन् २०१८ मा भने क्रिस्टियानो रोनाल्डोको हेडर गोलमा पोर्चुगल १–० ले विजयी भएको थियो ।
मोरक्कोले यसपटक रक्षात्मक रुपमा निकै राम्रो प्रदर्शन गरेको छ । हालसम्म युरोपेली राष्ट्रविरुद्ध तीन खेल खेल्दा कुनैमा गोल खाएको छैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।