एजेन्सी । फिफा विश्वकप २०२२ अन्तर्गत मोरक्कोविरुद्ध अबको केही बेरमा शुरु हुने क्वार्टरफाईनल खेलमा कप्तान क्रिष्टियानो रोनाल्डो शुरुवाती ११ मा समावेश छैनन् ।
उनी जारी विश्वकप अन्तर्गत लगातार दोश्रो खेलमा बेन्चमा बस्न लागेका हुन् ।
प्रशिक्षक फर्नान्डो सान्तोषले अबको केहीबेरमा हुने मोरक्कोविरुद्धको राउण्ड अफ १६ को शुरुवाती ११ को सूचीमा रोनाल्डोलाई राखेका छैनन् । खेल अल थुमामा स्टेडियममा शनिबार राति ८ः४५ बजेबाट शुरु हुँदैछ ।
यसअघि स्विट्जरल्याण्डविरुद्धको प्रि–क्वार्टरफाईनल खेलमा पनि रोनाल्डो शुरुवाती ११ मा समावेश भएका थिएनन् । उनको स्थानमा खेलेका युवा गोन्चालो रामोसले पाएको मौकामा ह्यााट्रिक गोल गर्दै पोर्चुगललाई ६–१ गोल अन्तरको फराकिलो जित दिलाएका थिए ।
उनकै स्थानमा रोनाल्डोले खेलको अन्तिम समयतिर खेल्ने मौका पाएका थिए ।
यस्तो छ पोर्चुगलको शुरुवाती ११ खेलाडीको सुचीः
डिओगो कोस्टा, डिओगो डालोट, पेपे, रुबेन डायस, रफायल गुरेरो , रुबेन नेभेस , ओटाभीयो, ब्रुनो फर्नान्डेस्, बर्नार्डाे सिल्भा, होआओ फेलिक्स् र गोन्चालो रामोस ।