शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कमालको जित निकाल्दै अर्जेन्टिना पुग्यो सेमिफाइनलमा, बाहिरियो नेदरल्यान्ड्स !


  • शनिबार, मंसिर २४ २०७९
24.6K
SHARES

एजेन्सी । कतारमा जारी फिफा विश्वकप कतार २०२२ अन्तर्गत दोस्रो क्वाटरफाइनलको खेलमा अर्जेन्टिना विजयी भएको छ । आज भएको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विजयी भएको हो । यो जितसंगै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइलनमा पुगेको छ ।

नेदरल्यान्ड्सले इन्ज्युरी समयको दशौं मिनेटमा नाटकिय गोल गरेपछि खेल २–२ को बराबरीबाट अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा कुनै गोल हुन सकेन । त्यसपछि खेल पेनाल्टीमा गएको थियो ।

पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिँदै खेलमा पकड जमाएको थियो । दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेपछि नेदरल्यान्ड्सले आक्रामक परिवर्तन गरेको थियो । वेघर्स्टलाई मैदान पठाएको ५ मिनेटमा गोल फर्काएको डच टोलीले इन्ज्युरी समयको दशौं मिनेटमा फ्रिकिकमा चलाखीपूर्ण गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्किएको थियो ।

मोलिनाले ३५ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । उनले कप्तान लिओनेल मेस्सीको पासबाट गोल गर्न सफल भएका थिए ।

खेलको ७३ औं मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो । पेनाल्टी क्षेत्रभित्र डेन्जेल डम्फ्राइजले मार्कस अकुनालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई २–० ले अघि बढाए ।
८३ औं मिनेटमा नेदरल्यान्ड्सले गोल फर्काउन सफल भयो । र खेलमा फर्कने संकेत दियो ।
त्यसपछि इन्ज्युरी समयमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो । फ्रिकिकमा बर्घिअसले दिएको चलाखीपूर्ण पासलाई वेघर्स्टले सोझै गोलमा परिणत गरे ।

त्यसपछि जित नजिक पुगेको अर्जेन्टिना लगातार दुई गोल खाएपछि अतिरिक्त समय खेल्न बाध्य भएको थियो ।

अतिरिक्त समयमा दुवै टिमले कुनै गोल गर्न सकेनन् । त्यसपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा जित निकाल्दै अर्जेन्टिना सेमिफाईनल प्रवेश गरेको हो ।

यस खेलको विजेताले भएसंगै अर्जेन्टिना सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ ।

क्रोएसियाले आज सम्पन्न पहिलो क्वाटरफाइनलमा ब्राजिललाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको थियो । निर्धारित समय गोलरहित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा