शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

विश्वकपको करियरकै उच्च लयमा रहेका मेस्सी रोक्ने यस्तो छ नेदरल्यान्डको रणनीति, खोले कप्तान भान डाइकले भित्री कुरा !


  • शनिबार, मंसिर २४ २०७९
8.1K
SHARES

एजेन्सी । विश्वकपको करियरकै उच्च लयमा रहेका लिओनल मेस्सी रोक्ने विशेष रणनीतिसहित मैदान उत्रने भएको छ नेदरल्यान्ड्स । विशेष पत्रकार सम्मेलनमा बोल्दै कप्तान भर्जिल भान डाइक मेस्सी रोक्ने विशेष रणनीति बारे खुलाएका छन् ।

नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले क्वार्टरफाइनलमा अर्जेन्टिनासँग खेल्दा सम्पूर्ण ध्यान लियोनेल मेसीमा मात्रै केन्द्रित नहुने बताएका छन् ।

कतारमा जारी विश्वकपको क्वार्टरफाइनलमा सन् २०१४ का दुई सेमिफाइनलिस्ट फेरि आमनेसामने हुँदैछन्। आठ वर्षअघि ब्राजिलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

जारी विश्वकपमा सात पटकका बालन डी’अर विजेता मेसीले आफ्नो स्पष्ट प्रभाव देखाइरहेका छन् । आफ्नो चम्किलो करिअरलाई अझै आकर्षक बनाउन मेसी आफ्नो टिमलाई अर्को हप्ता हुने फाइनलमा सफल बनाउँदै विश्व फुटबलको सबैभन्दा लोकप्रिय उपाधि जित्न चाहन्छन् ।

डच डिफेन्डर भान डाइक नेदरल्यान्ड्सको टिम मेसीलाई मात्र रोक्ने रणनीतिमा नभए पनि मेस्सीलाई विशेष निगरानी बढाउने बताउछन् ।

‘उनी सर्वकालिन महान् खेलाडीमध्ये एक हुन्, उनने वर्षौंदेखि त्यो सावित गर्दै आएका छन् ।’ भान डाइकले पत्रकार सम्मेलनमा बोल्दै भने, ‘मेसी र क्रिस्टियानो रोनाल्डो पछिल्लो दुई दशककै उत्कृष्ट खेलाडी हुन्। उनले जे हासिल गरेका छन्, त्यसका कारण धेरै सम्मान छ। तर, अहिले हामी उनको मात्रै सामना गर्ने ध्यानमा छैनौं। हामी अर्जेन्टिनालाई हराउने तयारी गरिरहेका छौं।’

‘उनले पछिल्ला वर्षहरूमा कति सफलता हासिल गरेका छन् भन्ने हामीलाई थाहा छ ।’ भान डाइकले अगाडी भन्छन्, ‘तर, यो क्वार्टरफाइनल नेदरल्यान्ड्स भर्सेज मेसी होइन, नेदरल्यान्ड्स भर्सेज अर्जेन्टिना हो ।’

अर्जेन्टिना र नेदरल्यान्ड्सविचको खेल आज १२ः४५ बजेबाट हुँदैछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा