एजेन्सी । कतारमा जारी फिफा विश्वकपमा अहिले नकआउट चरणको क्वाटरफाइनलको खेल भइरहेको छ ।
आज हुने भनिएको दुई खेल मध्यको पहिलो खेल ब्रािजल र क्रोएसियाबिचको कडा भिडन्त सहित दोश्रो हाफको खेल सकिएको छ । दोश्रो हाफको खेलले पुर्ण नजिता नल्याएसंगै खेल अतिरिक्त समयका लागि लम्किएको छ ।
पहिलो र दोश्रो हाफमा ब्राजिल र क्रौएसियाले बराबरीको नतिजा निकालेसंगै खेल अतिरिक्त समयका लागि धकेलिएको छ । उपाधि जित्ने बलियो टिमको रुपमा हेरिएको ब्राजिलले क्रोएसियासंग कडा प्रतिस्पर्धा गरेको छ ।
आक्रमक रुपमा खेल्दै सुखद नतिजा निकाल्दै आएको ब्राजिलका लागि कडा टक्कर दिइरहेको छ क्रोएसियाले । जितको नतिजा हेर्न खेलको अन्तिमसम्म कुर्नु पर्नेछ ।
पहिलो र दोश्रो हाफम दुवै टिमले कुनै गोल सकेनन् । अब अतिरिक्त समयको खेल केही बेरमै सुरु हुनेछ । अतिरिक्त समयको खेल ३० मिनेटका लागि हुनेछ । सो समयमा पनि बराबरी भएको खण्डमा खेल पेनाल्टी सुटमा जानेछ । दुबै टिमले कडा प्रतिस्पर्धा गरिरहेका छन् । कसले बाजी मार्ने हुन त्यसको लागि अन्तिमसम्म हेर्नु पर्ने हुन्छ ।
एजुकेशन सिटी रंगशालामा भइरहेको अहिलेका् खेल नेपाली समयअनुसार राति पौने बजेबाट सुरु भएको हो ।
क्रोएसियासँग भिड्दै गर्दा ब्राजिल कीर्तिमानी छैटौं पटक विश्व च्याम्पियन बन्ने आफ्नो आशा जीवित राखेको छ । अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ ले हराएर अघि बढेको ब्राजिल सोही जितको निरन्तरता दिन आज चाहन्छ
गाब्रियल जेसस र एलेक्स टेलासलाई गुमाइसकेको ब्राजिल नेयमारको आगमनले टोलीको मनोवल बढेको छ । डानिलो, थियागो सिल्भा, मार्किन्हस, एडर मिलिसाओ, क्यासेमिरो, लुकास पाक्वेटा, राफिन्हा, भिनियस जुनियर र रिचार्लीसनले आक्रमण सम्हाल्ने सम्भावना छ ।
यस्तै, लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक क्वाटरफाइनलमा पुगेको क्रोएसिया पनि ब्राजिललाई स्तब्ध पार्दै लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्ने लक्ष्य हुनेछ । अन्तिम १६ मा जापानलाई पेनाल्टी सुटआउटमा मुस्किलले हराएर क्रोएसियाले ब्राजिलसँगको भेट पक्का गरेको हो ।
जोडी बोर्ना सोसा र जोसिप स्टानिसिक ब्राजिलविरुद्धको खेलमा उपलब्ध हुनेछ । डालिकले आफ्नो सुरुवाती ११ मा धेरै परिवर्तन गर्ने सम्भावना छैन, मिडफिल्ड मास्टर्स लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच र माटेओ कोभासिचले सुरुवातमै खेल्ने सम्भावना छ ।
आज हुने अर्काे खेलमा दुई पटकको च्याम्पियन अर्जेन्टिना र नेदरल्यान्ड्सबीच राति पौने बजे हुनेछ । यो खेल लुसेल आइकोनिक रंगशालामा हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।
नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ ले तथा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले हराएर अनितम आठमा भेट पक्का गरेको हो ।
कोडी गाक्पो, डेन्जेल डम्फ्रिज, मेम्फिस डिपाए र डेली ब्लिन्ड अर्जेन्टिनाविरुद्ध मुख्य हतियार हुनेछन् । यता, सात पटकको बालोन डि ओर विजेता लियोनेल मेस्सी निकै उच्च लयमा रहेको छ । दुई हेवीवेटको भिडन्तमा कसले जित निकाल्ने हो त्यो भने हेर्न बाकी छ ।