मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

रोनाल्डोको विषयले तहल्का पिटेपछि प्रशिक्षक सान्तोसले बल्ल खोले मुख, बनाए सबैलाई चुप !


  • KTM Khabar
  • शुक्रबार, मंसिर २३ २०७९
162.1K
SHARES

एजेन्सी । पोर्चुगलका क्याप्टेन क्रिस्टियानो रोनाल्डोको विषयले विश्व फुटबल जगत तातेपछि प्रशिक्षकले मुख खोलेका छन् । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले क्वाटरफाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमा बोल्दै रोनाल्डोको विषयमा मुख खोलेका हुन् ।

प्रशिक्षक फर्नान्डो सान्तोसले क्रिस्टियानो रोनाल्डोको बारेमा थप टिप्पणी नगर्न आग्रह गरेका छन् ।

सान्तोसले रोनाल्डोको बारेमा अब थप चर्चा गर्न जरुरि नरहेको बताए । ‘मलाई लाग्छ अब रोनाल्डोको विषयमा धेरै चर्चा गर्नु आवश्यक छैन । उनले कहिले पनि मलाई राष्ट्रिय टोली छोड्छु भनेका छैनन् । हामीले अब यसबारे थप चर्चा गरेर नचाहिँदो विवाद सिर्जना गर्नु आवश्यक छैन,’ सान्तोसले भने ।

स्विटजरल्यान्डविरुद्ध खेलमा रोनाल्डोलाई बाहिर राख्दा पोर्चुगिज फरवार्डले उक्त निर्णय स्वीकार गरेको पनि सान्तोसले बताए ।

सान्तोसले अगाडी भने, ‘मैले रोनाल्डोलाई खेलको दिन लन्चपछि मेरो अफिसमा बोलाएको थिएँ । मेरो निर्णय सुनेर उनी खुसी थिएनन् किनकि उनी सधैं सुरुवाती रोजाइमा खेलिरहेका खेलाडी हुन् । उनले मलाई यो सहि उपाय हो भन्ने प्रश्न समेत गरे । त्यसपछि मैले आफ्नो धारणा र खेलको रणनीति सुनाए र उनले पनि उक्त निर्णय स्वीकारे । हामीले सामान्य छलफल गरेका थियौं ।’

सान्तोसले मोरक्कोविरुद्ध खेल सहज नहुने पनि बताए । ‘मोरक्को निकै बलियो टोली हो । युरोपका शीर्ष क्लबमा खेल्ने खेलाडीहरु यहाँ खेलिरहेका छन् । पोर्चुगललाई सहज हुने छैन,’ उनले भने,’ मेरो खेलाडीले विपक्षी कस्तो खेल्छन् भन्ने बुझेका छन् । हामीले निडर भएर आत्मविश्वासका साथ खेल्नुपर्छ । हामी जितको अपेक्षा लिएर खेल्नेछौं र मोरक्को पनि त्यहि सोचिरहेको हुनेछ ।’

मोरक्को र पोर्चुगलबीच खेल शनिबार हुनेछ । खेल नेपाली समयअनुसार रातको ८ः४५ बजे सुरु हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा