शनिबार, साउन ९ २०८३
ताजा अपडेट

स्पेनको हार बारे बोले पूर्वकप्तान रामोस, खिच्यो सिंगो फुटबल जगतको ध्यान !


  • बुधबार, मंसिर २१ २०७९
71.1K
SHARES

एजेन्सी । सन् २०१० को विश्वकप विजेता स्पेन कतार विश्वकप २०२२ को नकआउट चरणबाट बाहिरिएको छ। मंगलबार भएको मोरक्कोसँगको निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा टुङ्गिएसँगै पेनाल्टी सुटआउटमा गएको खेलमा मोरक्को ३–० ले विजयी भयो।

स्पेन विश्वकपको नकआउट चरणमा पुगेको पछिल्लो पाँच विश्वकपको नकआउट चरणको खेल अतिरिक्त समयमा गएको छ। यसअघि समूह चरणको अन्तिम खेलमा जापानसँग २–१ गोलले पराजित भएको स्पेनले नकआउट चरणमा पनि आफ्नो खराब प्रदर्शन जारी राखेको हो।

स्पेन दोस्रोपटक विश्वकपको नकआउट चरणमा पेनाल्टी सुटआउटमार्फत बाहिरिएको हो। सन् २०१८ मा भएको रुस विश्वकपमा पनि स्पेन घरेलु टोली रुससँग पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित हुँदै नकआउटबाट बाहिरिएको थियो। उता मोरक्को भने पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। मोरक्को यो विश्वकपको क्वार्टरफाइनमा पुग्ने एकमात्र अफ्रिकी टोली हो।

स्पेन राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सर्जियो रामोसले मोरक्कोसँग पराजित हुँदै विश्वकपबाट बहिरिएका स्पेनिस खेलाडीहरूलाई सान्त्वना दिएका छन्। उनले सामाजिक सञ्जालहरूमामार्फत सहानुभूति दिएका हुन्।

‘हाम्रा खेलाडीहरूमाथि गर्व छ। स्पेन हार्दैन, बरु सिक्छ। स्पेन लड्छ, ठक्कर खान्छ, तर उठ्छर अगाडि बढ्छ। हामी फेरि बलियो भएर आउनेछौं’ उनले फेसबुकमा लेखेका छन्। पूर्वकप्तान रामोस प्रारम्भिक सूचीमा पर्नका बाबजुद विश्वकपका २६ सदस्यीय टोलीमा परेका थिएनन्। उनलाई स्थान नदिएको भन्दै स्पेनका मुख्य प्रशिक्षक लुइस एनरिकेको आलोचना भइरहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा