मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

खुल्यो सुपरमाई हाइड्रोपावरको आईपीओ, कहिलेसम्म दिन मिल्छ आवेदन ?


  • KTM Khabar
  • बुधबार, मंसिर २१ २०७९
1.4K
SHARES

फाइल तस्विर

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । २१ मंसिरदेखि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।

यस्तै जारी पूँजीको १० प्रतिशले हुन आउने ५ लाख कित्ता सेयर सर्वसाधाणका लागि छुट्याएको छ । सार्वजनिक निष्कासन गर्ने ५ लाख कित्ताको १० प्रतिशतले हुने ५० हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि बुधबारदेखि सार्वजनिक निष्कासन गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन भएको ५ लाख कित्ता सेयरमध्ये ४० प्रतिशत अर्थात २ लाख कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका–५ बरबोटे र इलाम नगरपालिका–२ सुम्बेक तथा माइजोगमाई गाउँपालिका–५ योयाङंका बासिन्दाहरुमा बाँडफाँट हुने कम्पनीले जनाएको छ । बाँकी ६० प्रतिशत अर्थात ३ लाख कित्ता सो क्षेत्रबाहेकका इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुमा बाँडफाँट हुने कम्पनीले प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख छ ।

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई निष्कासन गरेको आईपीओमा ६ पुससम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिएको सेयरमा भने उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि २१ पुससम्म थप हुने आह्वानपत्रमा उल्लेख छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा