शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

गोल बर्षा गर्दै पोर्चुगल पुग्यो अन्तिम ८ मा, स्तब्ध बन्यो स्विट्जरल्यान्ड !


  • बुधबार, मंसिर २१ २०७९
5.5K
SHARES

कतार – स्विट्जरल्यान्डबिरुद्ध गोल बर्षा गर्दै पोर्चुगल क्वाटरफाइनलमा पुगेको छ । क्वाटरफाइनलमा स्थान पक्का गर्ने क्रममा पोर्चुगलले अन्तिम १६ को खेलमा ६–१ को फराकिलो जित दर्ता गर्यो ।

पोर्चुगलको जितमा फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरे । क्रिस्टियानो रोनाल्डोको स्थान लिएका उनले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे । पोर्चुगलका लागि राफाएल गुरेरो, राफाएल लिआओ र पेपेले १–१ गोल गरे ।

१७ औं मिनेटमा रामोसले जोआओ फेलिक्सको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गोल गरे । उनले बायाँ खुट्टाले गरेको प्रहार निअर पोस्टमा गोल भएको थियो ।

कार्यवाहक कप्तान पेपेले ३३ औं मिनेटमा अग्रता दोब्बर पारे । ब्रुनो फर्नान्डेसको कर्नरमा पेपेले ६ यार्ड बक्स भित्रबाट हेडरमार्फत गोल गरेका थिए ।

५१ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गरे । उनले डालोटको क्रसलाई पहिलो टचमा गोलरक्षक यान सोमरको खुट्टा मुनिबाट गोलको दिशा दिए । ५५ औं मिनेटमा राफाएल गुरेरोले रामोसकै पासमा गोल गरे । त्यसको केहीबेरमै म्यानुएल अकान्जीले स्विट्जरल्यान्डका लागि गोल फर्काए ।

६७ औं मिनेटमा रामोसले ह्याट्रिक पूरा गरे
पोर्चुगलले अब क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्कोले अन्तिम १६ को खेलमा स्पेनलाई टाइब्रेकरमा ३–० ले पराजित गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा