शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रोकिएन पोर्चुगलको गोल बर्षा, बेञ्चमा बसेका रोनाल्डो नै परे चकित !


  • बुधबार, मंसिर २१ २०७९
6.9K
SHARES

फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ चरणको अन्तिम खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबिचको खेल अहिले भइरहेको छ । अहिलो दोश्रो हाफको खेल भइरहेको छ । यो समाचार तयार पार्दासम्म ६९ मिनेटको खेल भइरहेको छ ।

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बेञ्चमा छन् । तर, उनी नै चकित हुने गरे पोर्चुगलले गोल बर्षा गरिरहेको छ । पहिलो हाफमा दुई गोलको अग्रता लिएको पोर्चुगलले दोश्रो हाफको यो समयसम्म आइपुग्दासम्मा ५ गोल गरिसकेको छ । भने स्विट्जरल्यान्डले सान्त्वना गोल फर्काएको छ ।

गजबको कुरा के छ भने कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको पोर्चुगलले उनकै स्थानमा खेलिरहेका फरवार्ड गोन्कालो रामोसको ३ गोल गर्न सफल भएका छन् । उनले १७औँ, ५१औँ र ६६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् ।

कार्यवाहक कप्तान पेपेले ३३ औं मिनेटमा अग्रता दोब्बर पारे । ब्रुनो फर्नान्डेसको कर्नरमा पेपेले ६ यार्ड बक्स भित्रबाट हेडरमार्फत गोल गरेका थिए ।
यस खेलमा जित हासिल गरे पोर्चुगलले क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्कोले अन्तिम १६ को खेलमा स्पेनलाई टाइब्रेकरमा ३–० ले पराजित गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा