मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

कमल थापा भन्छन्-चुनावी परिणामले हिन्दु राष्ट्रको एजेण्डा कमजोर भयो


  • KTM Khabar
  • मंगलबार, मंसिर २० २०७९
1K
SHARES

फाईल तस्बिर

राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी परिणामले हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको ठहर गरेका छन् । राप्रपा नेपालको केन्द्रीय सचिवालयको बैठकले आफ्नो पार्टी गठन भएको एक वर्ष नपुग्दै चुनावमा जानुपरेकोले समेत नतिजा आफ्नू पक्षमा आउन नसकेको ठहर छ ।

मंगलबार बसेको राप्रपा केन्द्रीय सचिवालयको बैठकले पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा जानु परेकाले चुनाव जित्न सक्ने खालको संगठन निर्माण हुन नसकेको निष्कर्ष निकालेको छ ।

यो चुनावी परिणामले राष्ट्रवादी विचारधारा र सर्वधर्म समभाव सहितका हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको राप्रपा नेपालको ठहर छ । उसले भनेका छ, ‘चुनावमा पराजयका वावजुद राप्रपा नेपालले अवलम्बन गरेको सम्वर्द्धनवादको विचार र दर्शनको औचित्य र महत्व यद्यपि कायमै रहेको छ ।’

बैठकले चुनावी परिणामबाट विचलिन नभई पार्टी संगठनलाई सुदृढ तुल्याउन नेता कार्यकर्तालाई आह्वान गरेको छ ।राप्रपा नेपालका उम्मेदवारले आफ्नै चिह्नबाट चुनाव लडेको भए पनि अध्यक्ष कमल थापा भने नेकपा एमालेको सूर्य चिह्न लिएर चुनाव लडेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा