कतार । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गतको अहिले ब्राजिल र दक्षिण कोरियाविचको खेल चलिरहेको छ । अन्तिम ८ मा पुग्नका लागि यी दुई टिम कडा प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपाली समय अनुसार पौने १ बजेबाट खेल सुरु भएको छ । यो समाचार तयार हुँदासम्म अहिले पहिलो हाफको खेल सकिएको छ ।
खेलको केही मिनेटमा नै ब्राजिलका लागि भिनिसियसले पहिलो गोल गर्न सफल भए । खेलको सातौँ मिनेटमा उनले गोल गरेका हुन् ।
खेलको १३ औँ मिनेटमा नेयमारले गोल गर्न सफल भए । ब्राजिलले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई सदुपयोग गर्दे नेयमारले गोल गर्न सफल भएका हुन् । पहिलो हाफको खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४ गोल गर्न सफल भएका छन् ।
खेलको २९औँ मिनेटमा ब्राजिलका रिचार्लीसनले गोल गर्न सफल भएका छन् । यस्तै, खेलको ३६औँ मिनेटमा ब्राजिलका लुकास पाक्वेटाले गोल गर्दै चौथो गोलको अग्रता दिएका छन् ।
पहिलो हाफमै ४–० गोलको पराजय ब्यहोरेको दक्षिण कोरिया कमजोर सावित बनेको छ । बाकी दोश्रो हाफमा गोल फर्काउन सफल होला वा हार व्यहोर्ने हो । त्यो भने हेर्न बाकी छ, दोश्रो हाफको खेल केही बेरमा नै सुरु हुनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।