कतार । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गतको अहिले ब्राजिल र दक्षिण कोरियाविच खेल भइरहेको छ । अन्तिम ८ मा पुग्नका लागि यी दुई टिम कडा प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपाली समय अनुसार पौने १ बजेबाट खेल सुरु भएको छ । खेलको केही मिनेटबाटै ब्राजिलले गोल वर्षा सुरु गरेको छ ।
खेलको केही मिनेटमा नै ब्राजिलका लागि भिनिसियसले पहिलो गोल गर्न सफल भएका छन् । खेलको सातौँ मिनेटमा उनले गोल गरेका हुन् ।
यस्तै, खेलको १३ औँ मिनेटमा नेयमारले गोल गरेका छन् । ब्राजिलले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई सदुपयोग गर्दै नेयमारले गोल गर्न सफल भएका हुन् । पहिलो हाफको खेल चलिरहँदा ब्राजिलले २ गोलको अग्रता लिएको छ ।
दक्षिण कोरियालले ब्राजिललाई जित्नका लागि थप दबाव थपिएको छ । कसले अन्तिम ८ मा आफुलाई सुरक्षित बनाउनछ । त्यो भने हेर्न बाकी छ ।
यो पनि हेर्नुहोस्,
नायक बने क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिच, जापान बाहिरियो !
कतारमा जारी फिफा विश्वकप फुटबलमा आज जापान र क्रोएसियाको खेल सकिएको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउट पुग्यो ।
क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिच खेलको नायक बन्दै क्रोएसियालाई फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गराउन सफल भएका छन् । डोमिनिक लिभाकोभिचले टाइब्रेकरमा तीन पेनाल्टी विफल पार्दै खेलको नायक बनेका हुन् ।
टाइब्रेकरमा जापानलाई ३–१ ले हराउँदै क्रोएसिया अन्तिम ८ मा स्थान बनाउन सफल भयो । सोमबार अल जनौब रंगशालामा निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।
जापानका लागि ताकुमी मिनामिनोको पहिलो प्रहार नै गोलरक्षक लिभाकोभिचले रोकिदिए । त्यसपछि निकोला भ्लासिचले गोल गर्दै क्रोएसियालाई अघि राखे । काअरु मितोमाको प्रहार पनि विफल पार्दै लिभाकोभिचले क्रोएसियालाई बलियो स्थितिमा पुर्याए ।
मार्सेलो ब्रोजोभिचले गोल गरेपछि ताकुमा असानोले पनि जापानका लागि गोल गरे । क्रोएसियाको लागि मार्को लिभाजाको प्रहार पोस्टमा लाग्दा जापानका माया योशिदाको पेनाल्टी लिभाकोभिचले विफल पारे । मारियो पासालिचले क्रोएसियाको चौथो प्रहारमा गोल गर्दै अन्तिम ८ मा स्थान पक्का गरे ।
निर्धारित ९० मिनेट बराबरीमा सकिएपछि अतिरिक्त समयमा दुवै टोलीे रक्षात्मक देखिए । न्यून अवसर सिर्जना भएको अतिरिक्त समयमा क्रोएसियाले केहि अवसर पाएको थियो ।
यस खेलको विजेता टोलीले क्वाटरफाइनलमा ब्राजिल र दक्षिण कोरियाको विजेतासँग खेल्नेछ ।