शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

ब्राजिलले सार्वजनिक गर्यो सुरुवाती खेल्ने ११ खेलाडीको सुची, नेयमार के भए ?


  • मंगलबार, मंसिर २० २०७९
7.4K
SHARES

कतार । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज राति हुने दक्षिण कोरियाविरुद्धको प्रि–क्वार्टरफाइनल खेलका लागि ब्राजिलले शुरुवाती ११ खेलाडीको सूची सार्वजनिक गरेको छ ।

कतारको स्टेडियम ९७४ मा अबको केही मिनेटमा अर्थात पौने एक बजेबाट दक्षिण कोरिया र ब्राजिलबिच खेल हुँदैछ । राउण्ड अफ १६ का लागि ब्राजिलले दक्षिण कोरियाबिरुद्ध खेल्न शुरुवाती ११ खेलाडीको सूची सार्वजनिक गरिसकेको छ ।

चोटका कारण समूह चरणको दुई खेल गुमाएका नेयमार जुनियर र एक खेल गुमाएका डिफेन्डर डानिलोले कोरियाविरुद्धको खेलमा शुरुवात गर्नेछन् ।

समूहको पहिलो खेलमा सर्बियामाथि २–० गोल अन्तरको जित निकोलेका खेलमा नेयमारको एङ्कलमा चोट लागेको थियो । सोही चोटका कारण नेयमार विश्वकपको बाँकी खेलमा कमब्याक हुन नहुने बारमा अन्यौलता थियो ।

यस्तै एलेक्स सान्ड्रो, गाब्रियल जिजस र एलेक्स टेल्लेस भने चोटका कारण टोलिमा हुनेछैनन् ।

यस्तो छ ब्राजिलको शुरुवाती ११ खेलाडीको सूचीः

रिचार्लीसन, भिनिसियस जुनियर, नेयमार जुनियर, राफिन्हा, कोसेमिरो, प्याक्वेटा, डानिलो, सिल्भा, मार्किन्होस्, मिलिसाओ र बेकर ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा