शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

आफ्नो स्वास्थ्य अवस्था बारे बल्ल बोले नेयमार, समर्थकको खुसीको सिमानै रहेन !


  • सोमबार, मंसिर १९ २०७९
7.5K
SHARES

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज ब्राजिलले दक्षिण कोरियाविरुद्ध खेल्दैछ । ब्राजिलका लागि स्टार फरवार्ड नेयमारले कोरियाविरुद्ध खेल्ने लगभग निश्चि बनेको छ ।

उनले हिजो आफ्नो अफिसियल फेसबुक मार्फत आफ्नो स्वास्थ्य अवस्था ठिक भएको बताएका छन् । उनले भनेका छन्, ‘मलाई राम्रो महसुस गरिरहेको छु, मलाई थाहा थियो म गर्न सक्छु ।’

उनले ब्राजिलको प्रशिक्षणमा सहभागी भएको फोटो समेत राखेका छन् ।

यस्तै, दक्षिण कोरियासंग खेल सुरु हुन केही मिनेट अगाडी पनि भगवानले हामीलाई आशिष, रक्षा गरुन् भन्दै आफ्नो तस्विर पोस्ट गरेका छन् । यसले उनी मैदान उत्रने संकेत देखाएका छन् ।

फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा ब्राजिलले दक्षिण कोरियाविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार पौने १ बजेबाट सुरु हुनेछ । अन्तिम ८ मा कुन टिम पुग्छ ? त्यो भने हेर्न बाकी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा