सोमबार, माघ २३ २०७९
ताजा अपडेट

अतिरिक्त समयमा लम्बियो जापान र क्रोएसियाबिचको खेल, समर्थक बढ्यो ढुकढुकी !


  • KTM Khabar
  • सोमबार, मंसिर १९ २०७९
1.5K
SHARES

काठमाडौँ । कतारमा जारी फिफा विश्वकपमा अहिलो एसियाली टिम जापान र क्रोएसियाविच खेल भइरहेको छ । दुवै टिम अन्तिम ८ मा पुग्न कडा प्रतिस्पर्धा गरिरहेका छन् ।

यो खेल नेपाली समय अनुसार पौने ९ बजेबाट सुरु भएको छ । अहिलो हाफमा जापानले एक गोलको अग्रता लिएको थियो । भने, दोश्रो हाफ क्रोएसियाले बराबरी गोल गर्न सफल भयो ।

निर्धारि समयभित्र बाकी गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको छ । अब ३० मिनेटको अतिरिक्त खेल हुने छ । यसमा पनि बराबरी भएको खण्डमा खेल पेनाल्टीमा धकेलिनेछ । बाकी रिजल्ट हेर्न बाकी छ ।

विश्वकपमा जाइन्ट किलर तथा कमब्याक किङ रुपमा जापानलाई हेरिन्छ । अल जानोब स्टेडियममा क्रोएसियासँग खेल्दा अर्को प्रभावशाली नतिजा निकाल्ने लक्ष्यमा जापान मैदानमा उत्रिएको छ ।

हाजिमे मोरियासुको टोली दुई विश्व च्याम्पियन स्पेन र जर्मनी रहेको समूहबाट समूह विजेता बन्दै बनेको जापान क्रोएसियाविरुद्ध पनि सोही नतिजा निकाल्न चहान्छ ।

जापान विश्वकपमा दुई विश्व च्याम्पियन सन् २०१० (स्पेन) र २०१४ (जर्मनी) लाई हराउने टोली हो ।

यी दुई टिमले चौथोपटक आमने सामने रहेर प्रतिस्पर्धा गरिहरका छन् । पहिलोपल्ट सन् १९९७ मा किरिन जापान कपमा जापानले ४–३ को जित निकालेको थियो । १९९८ को विश्वकपमा क्रोएसियाले १–० को जित निकाल्दा २००६ मा विश्वकपमै गोलरहित बराबरी खेलेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा