शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

खेलको मुखमा ब्राजिल समर्थकहरुका लागि आयो यस्तो खुसीको खबर !


  • सोमबार, मंसिर १९ २०७९
6.8K
SHARES

फाइल तस्विर

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज ब्राजिलले दक्षिण कोरियाविरुद्ध खेल्दैछ । ब्राजिलका लागि स्टार फरवार्ड नेयमारले कोरियाविरुद्ध खेल्ने बलियो सम्भावना भएसंगै खुसीको खबर आएको छ ।

फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा ब्राजिलले दक्षिण कोरियाविरुद्ध खेल्दैछ । चोटका कारण पछिल्लो खेल गुमाएका स्टार फरवार्ड नेयमारले कोरियाविरुद्ध खेल्ने बलियो सम्भावना रहेको छ ।

आइतबार साँझ नेयमारले ब्राजिलको प्रशिक्षणमा सहभागी भएपछि खेल्ने सम्भावना बढेको हो । नकआउट चरण खेल भएकाले खेल ३० मिनेट थपिने सम्भावना पनि हुन्छ । त्यसैले नेयमारले सुरुवात गर्ने वा आवश्यकता अनुसार बेन्चबाट आउने प्रष्ट छैन । यद्यपि ब्राजिलका प्रशिक्षक टिटेले टोलीका लागि आवश्यक निर्णय लिने बताएका छन् ।

प्रशिक्षक टिटे भन्छन्, ‘म टोलीको लागि जे ठिक हुन्छ त्यहि निर्णय लिन्छु । हामीले भोलि सम्भव भएसम्मको सबैभन्दा बलियो टोली उतार्नेछु । टोलीलाई घाटा हुने निर्णय लिनेछैन । को खेल्छ को खेल्दैन भन्ने कुरा नै हुँदैन ।’

‘हामीसँग फरक पोजिसनमा खेल्न सक्ने खेलाडी छन् । टोलीको अवस्था अनुसार पोजिसन बदल्न सक्छन् । डिफेन्स होस् या आक्रमण खेलाडीको कमी हुने छैन । चोटको अवस्था अनुसार टोलीको छनोट हुनेछ । ड्यानिलो खेलका लागि उपलब्ध छन् । उनले प्रशिक्षणमा फिर्ता भएर उपलब्ध छन् ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा