शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

केही बेरमै अर्को ठुलो खेल हुँदै, कुन टिम पुग्ला त अन्तिम ८ मा !


  • सोमबार, मंसिर १९ २०७९
5K
SHARES

फाइल तस्विर

जेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगतको खेल केही बेरमा हुदैछ । प्रि–क्वाटरफाइनलमा कडा प्रतिस्र्धाको रुपमा हेरिएको आजको खेलमा जापान र क्रोएसियाबीच हुँदैछ ।

यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यस विश्वकपमा जाइन्ट किलर तथा कमब्याक किङ रुपमा जापानलाई हेरिन्छ । अल जानोब स्टेडियममा सोमबार राति अन्तिम १६ को भिडन्तमा क्रोएसियासँग खेल्दा अर्को प्रभावशाली नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।

हाजिमे मोरियासुको टोली दुई विश्व च्याम्पियन स्पेन र जर्मनी रहेको समूहबाट समूह विजेता बन्दै बनेको जापान क्रोएसियाविरुद्ध पनि सोही नतिजा निकाल्न चहान्छ ।

जापान विश्वकपमा दुई विश्व च्याम्पियन सन् २०१० (स्पेन) र २०१४ (जर्मनी) लाई हराउने टोली हो ।
यता, विश्व उपविजेता क्रोएसिया भने समूहमा दोस्रो भएपछि जापानसँग प्रि–क्वाटरफाइनल खेल्दैछ । विश्व उपविजेता क्रोएसियाको टोलीमा अनुभवी खेलाडीको संख्या बढि छ ।

त्यही अनुभवी खेलाडीको टोली कमब्याक किङ जापानलाई हराएर क्वाटरफाइनलमा पुग्न चहान्छ ।
यी दुई टिमले चौथोपटक आमने सामने रहेर प्रतिस्पर्धा गर्दै छन् । पहिलोपल्ट सन् १९९७ मा किरिन जापान कपमा जापानले ४–३ को जित निकालेको थियो । १९९८ को विश्वकपमा क्रोएसियाले १–० को जित निकाल्दा २००६ मा विश्वकपमै गोलरहित बराबरी खेलेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा