मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

चौथो शक्ति बनेको रबिको पार्टीले समानुपातिकतर्फ कति ल्यायो मत ?


  • KTM Khabar
  • सोमबार, मंसिर १९ २०७९
2.5K
SHARES

फाइल तस्विर

काठमाडौं । चुनावको केही महिनाअघि मात्रै दर्ता भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत प्राप्त गरेको छ । घण्टी चुनाव चिन्ह लिएर निर्वाचन हुमिएको रास्वपाले ठुला दलहरुलाई धक्का दिँदो राम्रो परिणामा प्राप्त गरेको छ ।

प्रतिनिधि सभातर्फ प्रत्यक्षमै ७ सीट जितेको रास्वपाले समानुपातिकमा पनि राम्रो मत प्राप्त गरेको हो । समानुुपातिकतर्फ १ करोड ४ लाख २० हजार १२५ मत गन्दा रास्वपाले ११ लाख २४ हजार ५४३ मत प्राप्त गरेको छ ।

यही मतलाई हेर्दा रास्वपाले समानुपातिकबाट करिब १४ सांसद पाउने देखिन्छन् ।

प्रत्यक्ष र समानुपातिक गरी २१ सीटसहित संसदको चौथो शक्तिको रुपमा स्थापित हुने लगभब पक्का बनेको छ ।

यो पनि हेर्नुहोस्,

बालेनको नाममा हर्क साम्पाङले गरे यस्तो घोषणा, झनै पलायो नयाँ आशा !

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर भारी मतले निर्वाचित भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ बिचको सम्बन्ध केही समय अगाडी उतारचढावपूर्ण रह्यो । तर, पनि अहिले आएर यी दुई बिचको सम्बन्ध हार्दिक देखिएको छ ।

लामो समय सम्म तिक्तक्तापुर्ण रहेको बालेन र हर्कको सम्बन्ध फेरी सुमधुर बन्दै गएको छ । धरानका मेयर हर्क साम्पाङले बालेनको पक्षमा दरिलो साथ दिएका छन् । अहिले चौतर्फी रूपमा बालेनलाई घेराबन्दीमा पार्न खोजिएको भन्दै उनले अब स्वतन्त्रहरू एक हुनु पर्ने बताएका छन् ।

काठमाडौँको फोहोर व्यवस्थापन देखी अवैध संरचनाहरूमा बालेनले डोजर लगाउँदा पनि धरानका मेयर साम्पाङले आलोचना गरेका थिए । दुई बिचको सम्बन्धमा ठुलो दरार उत्पन्न भएको थियो । हर्कले बालेन विरुद्ध स्ट्याटसको वर्षा गराएका थिए । अहिले भने साम्पाङ एकाएक बालेनको सपोर्टमा देखिएका छन् ।

सकुम्बासीबस्तीमा डोजर चलाएपछि बालेनको चौतर्फी आलोचना भए पनि हर्कले भने दरिलो साथ दिएका छन् । केही दिन अघि साम्पाङले लेखेको एउटा स्ट्याटस बालेनले सेयर गरिदिएका थिए । बालेनले आफ्नो स्ट्याटस सेयर गरे पछि दङ्ग परेका साम्पाङले त्यस यता लगातार बालेनको समर्थनमा स्ट्याटस लेखिरहेका छन् ।

एकातिर सुकुम्वासी बस्तीको विषय त अर्को तर्फ अमेरिकी राजदूतलाई भेटेको विषयमा एमालेका नेता भीम रावलसँग बालेनको जुहारी चलिरहेका बेला साम्पाङले भने यसलाई भने बालेनलाई गरिएको घेराबन्दीको रूपमा अर्थाएका छन् ।

मेयर हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै स्वतन्त्रहरू एक हुने समय आएको बताएका छन्।
काठमाडौँ महानगरपालिकाका मेयर साहविरुद्धको घेराबन्दी निन्दनीय रहेको भन्दै साम्पाङले स्वतन्त्रहरू एक हुने बेला आएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘कथाले माग्यो अब ! स्वतन्त्रहरू एक बन्ने बेला आएको छ १ स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ , यो बेला अरूले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !’

पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूले बालेनको कामप्रति प्रश्न उठाउँदै आएका छन्। लामो समय तिक्तक्तापुर्ण रहेको बालेन र हर्क साम्पाङको सम्बन्ध सुधार भए पछि देशैभरका समर्थकहरू खुसी देखिएका छन् ।

स्वतन्त्रहरू एक हुनु पर्ने बेला आएको भन्ने हर्कको बुझाइमा समर्थन गर्दै बालेन र हर्कका समर्थकहरूले प्रतिक्रिया जनाइरहेका छन् । हर्कको स्ट्याटसमा हजारौँले लाइक ,कमेन्ट र सेयर गरिरहेका छन् । बालेनको आलोचना गर्दै आएका साम्पाङ एकाएक कसरी प्रशंसक बनेर निस्किए भनेर कतिपय भने चकित बनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा