मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

पब्जी मोबाइलमा टीटूकेसँगै अर्को नेपाली टिमले पनि गर्यो कमाल, खेल्ने भए विश्व च्याम्पियनसिपको फाइलन !


  • KTM Khabar
  • सोमबार, मंसिर १९ २०७९
1.6K
SHARES

फाइल तस्विर

काठमाडौँ । पब्जी मोबाइलका नेपाली टोली डीआरएस गेमिङले कमालको प्रदर्शनी गर्दै जारी पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरी नेपालको अर्को टिम ट्रेण्ड टु किल (टीटूके) यसअघि नै फाइनलमा पुगिसकेको छ ।

मलेसियामा जारी विश्व च्याम्पियनसिप प्रतियोगितामा डीआरएस समूह चरणबाट सिधा छनोट हुन असफल भएको थियो ।

पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा विश्वभरबाट छानिएका ४८ टोलीले समूह चरणमा प्रतिस्पर्धा गरेका थिए । १६ टिम रहेको समूहमा शीर्ष तीन स्थानमा रहने टोलीले सिधै फाइनल चरणमा प्रवेश पाउँछ । टीटूके यसरी फाइनल चरणमा पुगेको हो ।

अर्को समूहमा रहेको डीआरएस भने समूह चरणमा पाँचौं भएपछि सिधा छनोट हुन सकेन । सिधा छनोट हुन चुकेका समूहमा चौथोदेखि ११औं स्थानमा रहेका टिमबीच सर्भाइभल चरण र त्यसपछि लास्ट चान्स हुँदै पाँच टिमले फाइनल चरणमा स्थान बनाएको हो ।

सर्भाइभल चरणबाट १६ टिम लास्ट चान्सका लागि छनोट हुँदा डीआरएस ११४ अंकसहित सातौं भएको थियो । पब्जी मोबाइल विश्व च्याम्पियनसिप खेलिरहेको नेपालको तेस्रो टिम स्काइ लाइड्जले भने सर्भाइभल चरण पार गर्न सकेन ।

१६ टिम सहभागी लास्ट चान्स चरणमा पाँच टिम फाइनल चरणमा पुग्दा डीआरएस १११ अंकसहित चौथो भएको हो ।

योसँगै विश्व च्याम्पियनसिपको फाइनल चरणको समीकरण पूरा भएको छ । यो चरणमा १६ टिम हुनेछन् । समूह चरणबाट सिधा आएका ९ टिम (तीन समूहका ३÷३ टिम), सर्भाइभलहुँदै लास्ट चान्सबाट आएका ५ टिम र आयोजकले सिधा आमन्त्रण गरेका २ टिमले फाइनल चरण खेल्नेछन् ।

मलेसियाको क्वालालम्पुरमा आयोजित विश्व च्याम्पियनसिपको फाइनल चरणका खेलहरु आगामी जनवरी ६ देखि ८ सम्म इण्डोनेसियामा सञ्चालन हुनेछ ।

समूह चरणमा पाँचौं भएको डीआरएसले २१ हजार अमेरिकी डलर पुरस्कार पाएको थियो । सर्भाइभल चरणमा सातौं हुँदा २० हजार डलर र लास्ट चान्समा चौथो भएपछि २२ हजार डलर पुरस्कार पाएको छ । फाइनल चरणको कुल पुरस्कार राशी १ लाख ५० हजार अमेरिकी डलर हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा