मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

सहज जितसंगै इंग्ल्यान्ड पुग्यो अन्तिम ८ मा, बाहिरियो सेनेगल !


  • KTM Khabar
  • सोमबार, मंसिर १९ २०७९
1.7K
SHARES

फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को चौथो खेलमा सेनेगललाई सहज रुपमा हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अल बेयत रंगशालामा आइतबार सेनेगललाई ३–० गोलले हराउदैदइंग्ल्यान्ड अन्तिम ८ मा स्थान बनाउन सफल रह्यो । पहिलो हाफमा दुई गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा एक गोल थपेको थियो । इंग्ल्यान्डका लागि जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले गोल गरे ।

खेलको ३८ औं मिनेटमा इंग्ल्यान्डले हेन्डरसनको गोलमा अग्रता लियो । जुड बेलिंघमले बायाँ विंगबाट दिएको लो पासलाई उनले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमै गोल गरेका थिए ।

पहिलो हाफको अन्तिम मुभमा इंग्ल्यान्डले अग्रता दोब्बर पार्यो । कप्तान केनले प्रतियोगिताको पहिलो गोल गर्ने क्रममा उत्कृष्ट फिनिस गरे ।
दोस्रो हाफको ५७ औं मिनेटमा इंग्ल्यान्डले अर्को गोल थप्यो । यसपटक फोडेनको पासमा बुकायो साकाले गोल गरे । पेनाल्टी क्षेत्रभित्र डिफेन्डर बिट गरेर अघि बढेका उनले फोडेनको पासलाई पहिलो टचमै गोलमा परिणत गरे ।

इंग्ल्यान्डले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा