शनिबार, साउन ९ २०८३
ताजा अपडेट

केही बेरमै अर्को ठुलो खेल हुँदै, कसले मार्ला त बाजी ?


  • आइतबार, मंसिर १८ २०७९
5.5K
SHARES

फाइल तस्विर

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउन केही बेरमै अर्को खेल अफ्रिकन च्याम्पियन सेनेगल र इङल्यान्डसँग प्रतिस्पर्धा हुँदैछ ।

सेनेगलसँग प्रतिभावान् खेलाडी छन् । तर, बलियो इङ्लिस टिमविरुद्ध सेनेगलको प्रमुख हतिबार उच्च मानसिकता हुनेछ । यी दुई सफलताकै आधारमा आइतबार राति विश्वकपको अन्तिम १६ मा इङ्ल्यान्डलाई सेनगलले बलियो चुनौती दिनेमा प्रशिक्षक सिसे विश्वस्त छन् ।

सन् २००२ पछि दोस्रो पटक विश्वकप खेलिरहेको सेनेगल चार वर्षअघि समूह चरणबाटै बाहिरिएको थियो ।

क्वार्टरफाइनल प्रवेशका लागि इङ्ल्यान्डविरुद्ध सेनेगल निडर भएर अल बायट रंगशालामा उत्रिने छ । इङल्यान्डलाई हराउन सके २० वर्षपछि क्वार्टरफाइनलमा पुग्ने सेनेगललाई हारे पनि केही गुमाउने डर छैन ।

विश्वकपमा छनोट हुँदा र अफ्रिकी च्याम्पियन बन्दाका मुख्य खेलाडी सडियो माने चोटका कारण टिममा छैनन् । उनको उपस्थितिले सिसेको टिम अझै बलियो हुने थियो । माने बिनाको सेनेगल विश्वकपको समूह चरणमा आयोजक कतार र इक्वेडरलाई हराउँदै समूह उपविजेताको हैसियतले अन्तिम १६ पुगेको थियो । नेदरल्यान्ड्ससँग् २–० को नतिजामा परातिज भएको सेनेगलको बास्तविक परीक्षा अल बायट रंगशालामा हुनेछ ।

अर्कातिर गत वर्ष युरो २०२० को फाइनलमा पुगेर इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएको इङ्ल्यान्ड सेनेगलविरुद्ध दबाबमा हुनेछ । जारी विश्वकपमा समूह ‘बी’को विजेता बन्दै अन्तिम १६ मा आइपुगेको साउथगेटको टिमको पराजय मुख्य प्रशिक्षकको अन्तिम खेल हुने करिब निश्चित नै छ ।

इङल्यान्डले पहिलो खेलमा इरानलाई ६–२ गोलको नतिजामा हराएको थियो । अमेरिकासँग गोलरहित बराबरी खेलेको इङल्यान्डले वेल्सलाई ३–० को नतिजामा पराजित गर्दै अन्तिम १६ यात्रा तय गरेको थियो ।

अल बायट रंगशालामा नेपाली समयअनुसार पौने एक बजेबाट सुरु हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा