आइतबार, माघ २२ २०७९
ताजा अपडेट

पेलेको पछिल्लो स्वास्थ्य अबस्था बारे आयो यस्तो खबर !


  • KTM Khabar
  • आइतबार, मंसिर १८ २०७९
1.6K
SHARES

फाइल तस्विर

एजेन्सी । ब्राजिली महान फुटबल खेलाडी पेलेले आफ्नो स्वास्थ्य अबस्था बारे जानकारी गराएका छन् । उनले आफू ठूलो आशासहित बलियो रहेको शनिबार बताएका छन् ।

उनी साओ पाओलोको अस्पतालमा उपचार गरिरहेका छन् । उनले विश्वकप २०२२ मा ब्राजिलको खेल हेरिरहेको र यसले उनलाई थप शक्ति दिएको समेत जानकारी गराएका छन् ।

त्यस अगाडि अस्पतालले पनि पेलेको स्वास्थ्य स्थिति स्थिर रहेको र अझै उपचार जारी रहेको जनाएको थियो । पेलेले आफ्नो अफिसियल इन्स्टाग्राममा भनेका छन्, ‘साथीहरू, म सबैलाई सकारात्मक रहन र धैर्य धारण गर्न अनुरोध गर्छुं ।’

पेलेको स्वास्थ्य स्थिति नाजुक भएको समाचार आएको थियो । उनले थपेका छन्, ‘म बलियो छु । सधैंझैं नियमित उपचार गरिरहेको छु । यसका लागि चिकित्सक टोलीलाई धन्यवाद पनि दिन चाहन्छु ।’

यो पनि हेर्नुहोस्,

फ्रान्स पुग्यो अन्तिम ८ मा, पोल्याण्डलाई लाग्यो नसोचेको झड्का !

किलीयन एमबाप्पे चम्कँदा फ्रान्स अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको छ । आइतबार भएको खेलमा पोल्याण्डलाई पराजित गर्दै फ्रान्स उपाधि रक्षामा अघि बढेको हो ।
सहजपुर्ण जितमा फ्रान्स विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार अल थुमामा रंगशालामा भएको खेलमा फ्रान्सले ३–१ गोलको जित हासिल गर्यो । फ्रान्सको जितमा दुवै फरवार्ड ओलिभीएर जिरुड र किलीयन एमबाप्पेले गोल गरे । पहिलो हाफको अन्त्यतिर जिरुडले पहिलो गोल गरेका थिए । दोस्रो हाफमा एमबाप्पेले दुई गोल गर्दे जित पक्का गरेको थिए ।

पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा जिरुडले गोल गरेका हुन् । किलीयन एमबाप्पेको पासलाई पेनाल्टी क्षेत्र भित्र लग्ने क्रममा अफसाइड ट्रयाप बिट गरेका उनले वन भर्सेस वनमा फिनिस गरे । जिरुड ५२ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सका लागि सर्वाधिक गोलकर्ता पनि बने ।

खेलको ७४ औं मिनेटमा एमबाप्पेले फ्रान्सको उत्कृष्ट काउन्टर अट्याकमा अग्रता दोब्बर पारे । उनले ओस्मान डेम्बेलेको पासमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

इन्ज्युरी समयको पहिलो मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल थपेपछि फ्रान्सले सहज जित पक्का गर्यो ।
इन्ज्युरी समयको अन्तिम मिनेटमा पोल्यान्डले पेनाल्टी प्राप्त गर्यो । रोबर्ट लेवान्डोस्की उक्त पेनाल्टीको फाइदा उठाउदै सान्त्वना गोल गरे ।
अब फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्ड र सेनेगलबीच खेलको विजेतासँग खेल्नेछ । आज हुने अर्को अन्तिम १६ को चौथो खेल नेपालको समय अनुसार १२ः४५ बजे हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा