मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

एम्बाप्पे चम्किए, पोल्याण्डका लागि बज्यो खतराको घण्टी !


  • KTM Khabar
  • आइतबार, मंसिर १८ २०७९
1.4K
SHARES

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल अहिले फ्रान्स र पोल्याण्ड बिचको खेल रोचक बनिरहेको छ । अन्तिम ८ मा पुग्ने लक्ष्यसहित यी दुई टिम प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेपाली समय अनुसार ८ः४५ बजेबाट फ्रान्स र पोल्याण्ड खेल सुरु भएको हो । अहिले दोश्रो हाफको खेल भई रहेको छ । निकै नै प्रतिस्पर्धा रहेको खेलको दोश्रो हाफमा फ्रान्सका एम्बाप्पे चम्कँदा पोल्याण्डलाई झड्का लागेको छ ।

खेलको ४३औँ मिनेटमा फ्रान्सका लागि जेरुडले पहिलो गोल गरेका थिए । भने दोश्रो हाफमा फ्रान्सका स्टार फुटबलर एम्बाप्पे चम्किएका छन् । खेलको ७४औँ मिनेटमा गोल गर्दै फ्रान्सका लागि दोब्बरको अग्रता दिलाएका छन् । खेलको अन्तिमसम्ममा कसको कस्तो नतिजा आउने हो हेर्न बाकी छ ।

फ्रान्स समूह ‘डी’ को विजेता र पोल्याण्ड समूह ‘सी’ को उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगेको हो । दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

यस्तै, इंग्ल्यान्ड समूह ‘बी’ को विजेता र सेनेगल समूह ‘ए’ को उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगेको हो ।

यी दुई टोली पनि जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा