एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल अहिले फ्रान्स र पोल्याण्ड बिचको खेल रोचक बनिरहेको छ । अन्तिम ८ मा पुग्ने लक्ष्यसहित यी दुई टिम प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेपाली समय अनुसार ८ः४५ बजेबाट फ्रान्स र पोल्याण्ड खेल सुरु भएको हो । अहिले पहिलो हाफको खेल सहिएको छ । निकै नै प्रतिस्पर्धा रहेको खेलमा कसले बाजी मार्ने हो खेलको अन्तिमसम्म हेर्नु पर्ने छ ।
पहिलो हाफको खेल सकिदा फ्रान्सले एक गोलको अग्रता लिएको छ । फ्रान्सका लागि जिराल्डले गोल गरेका हुन् । दोश्रो हाफको खेल केही बेरमा हुनेछ ।
यो खेल कतारको अल थुमामा रंगशालामा भइरहेको छ ।
फ्रान्स समूह ‘डी’ को विजेता र पोल्याण्ड समूह ‘सी’ को उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगेको हो । दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।
यस्तै, इंग्ल्यान्ड समूह ‘बी’ को विजेता र सेनेगल समूह ‘ए’ को उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगेको हो । यी दुई टोली पनि जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।
यि दुई टोली हालसम्म १६ पटक भिडेका छन् । ५ पटक फ्रान्स विजयी हुँदा पोल्यान्डले ३ खेल जितेको छ । ५ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक यि दुई टोली सन् २०११ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दा पोल्यान्डले १–० को जित निकालेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।