शनिबार, साउन ९ २०८३
ताजा अपडेट

१६४ क्षेत्रको नतिजा भयो सार्वजनिक, कुन दलले कति ल्याए ?


  • आइतबार, मंसिर १८ २०७९
7.1K
SHARES

तस्विरः फाइल

काठमाडाैँ । यहि मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि सभा क्षेत्र १ सय ६५ मध्ये हालसम्म १ सय ६४ क्षेत्रको नतिजा आइसकेको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणामको नतिजा आउने क्रम अन्तिम चरणमा छ ।

अहिलेसम्म नतिजा आएका १ सय ६४ क्षेत्रमध्ये नेपाली कांग्रेसले ५७ क्षेत्रमा जित हासिल गरेको छ । त्यसैगरी, नेकपा (एमाले)ले ४४ सिटमा जित हासिल गरेर दोस्रो स्थानमा रहेको छ । भर्खरै सम्पन्न भएको निर्वाचनमा १७ सिट प्राप्त गरेर नेकपा (माओवादी केन्द्र)ले तेस्रो स्थान सुरक्षित गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले १० क्षेत्रमा विजय प्राप्त गरी चौथौमा बस्न सफल भएको छ । त्यसैगरी, जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सातरसात क्षेत्रमा विजयी भएका छन् ।

त्यसैगरी, लोकतन्त्र समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा एक, नेमकिपा एक, जनमत पार्टी एक र पाँच स्वतन्त्र गरी हालसम्म १ सय ६४ जना उम्मेदवार निर्वाचित भएका छन् । दोलखामा भने मतगणना जारी छ ।

दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई पछि पारेका छन् ।

आज बिहानको मत परिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार कार्की एमालेका शिवाकोटीभन्दा १४ सयभन्दा बढी मत अन्तरले पछि छन् । शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गर्दा कार्कीले १४ हजार ७१५ मत पाएका छन् । यसअघि मतगणना सुरु भएदेखि माओवादी केन्द्रका कार्कीले अग्रता लिएका थिए ।

मंसिर ४ गतेको निर्वाचनमा दोलखामा धाँधली भएको ठहर गर्दै निर्वाचन आयोगले मंसिर १५ गते पुनः निर्वाचन गराएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा