मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

काठमाडौँ टेक्ने बित्तिकै ज्ञानेन्द्र शाहीले गरे यस्तो ठुलो घोषणा, छायो नयाँ खुसीयाली !


  • KTM Khabar
  • आइतबार, मंसिर १८ २०७९
2.9K
SHARES

फाइल तस्विर

काठमाडौँ । मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाबाट भारी मतले निर्वाचित भएका राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही निर्वाचित भए पछि काठमाडौँ आइपुगेका छन् । शाहीलाई काठमाडौँका उनका समर्थकले भव्य स्वागत गरेका छन् ।

सांसद शाहीले गरेको घोषणाले देशभरका उनका समर्थकहरुमा खुशियाली छाएको छ । विवादित एमसीसी परियोजनाको खरो विरोध गरेर चर्चामा आएका शाहीले यो बिषयमा संसदमा खरो रुपमा उठाउने उद्घोष गरेका छन् ।

नवनिर्वाचित सांसद शाहीले संसदको पहिलो बैठकमै एमसीसी विरुद्ध आवाज उठाउने घोषणा गरेका छन् । शाहीले प्रतिनिधित्व गर्ने पार्टी राप्रपाले पनि एमसीसीको विरुद्ध आवाज उठाउदै आएको छ । शाहीले ठूला भ्रष्टाचारको काण्ड बारे पनि आफुले पहिलो बैठकमै संसदमा आवाज उठाउने बताएका छन् ।

निर्वाचित भएपछि शनिबार काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना एमसीसी र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने बताए ।

आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्रष्ट्राचार काण्डका दोषीलाई जेल हाल्ने पनि उनले बताए । अब हाम्रो लडाइ भ्रष्टाचार विरुद्ध, अब हाम्रो लगाइ रोजगारी सिर्जना गर्नका लागि हुनेछ’ उनले भने, ‘अहिलेको कानुनले भ्रष्ट्राचार नियन्त्रण भएन । अब ठूलठूला काण्ड मच्चाउनेलाई यो पाँच वर्षभित्र जेल हाल्न सकिएन भनेपनि कठघरामा उभ्याउनेछु ।’

भ्रष्टाचार विरोधी अभियान्ताको रुपमा चिनिएका शाही राप्रपामा राजेन्द्र लिंदेन अध्यक्ष भए पछि राप्रपा प्रवेश गरेका थिए । पार्टी राजनितिमा प्रवेश गरेको छोटो समयमै राजनितीमा उनले छलाङ मारेका छन् । खरो रुपमा बोल्ने स्वभावका शाही आफ्नो अभिव्यक्तिकै कारण चर्चामा रहेका छन् ।
माओवादी केन्द्रले आफ्नो प्रभाव क्षेत्र मान्ने जुम्लामानै शाहीले राप्रपाबाट भारी मतले चुनाव जिते पछि उनको चर्चा निकै चुलिएको छ । उनले ४ महिनादेखि जुम्लामा बसेर क्याम्पेनिङ गरेर सहज जित निकालेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा