सोमबार, माघ २३ २०७९
ताजा अपडेट

मेस्सी चम्किएसंगै अर्जेन्टिना प्रवेश गर्यो अर्को राउण्डमा, अष्ट्रेलिया भयो आउट !


  • KTM Khabar
  • आइतबार, मंसिर १८ २०७९
9.7K
SHARES

कतार । दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना अष्ट्रेलियालाई हराउँदै फिफा विश्वकप कतार २०२२ को अन्तिम ८ मा प्रवेश गरेको छ । हमद बिन अली रंगशालामा अर्जेन्टिनाले २–१ को जितका साथ विजयी भएको हो ।

क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग भेट पक्का गरेको छ । कप्तान लिओनल मेस्सीले आफ्नो करिअरको १ हजार खेलमा उत्कृष्ट प्रदर्शनसहित सुरुवाती गोल गरेपछि अर्जेन्टिनाको जित सम्भव भएको थियो ।

अर्जेन्टिनाका लागि दोस्रो हाफमा जुलियन अल्भारेजले गोल थपे । अन्त्यतिर अष्ट्रेलियाले गोल फर्काए पनि नतिजा बदल्न पर्याप्त रहेन ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले सुरुवाती समय रक्षात्मक खेल प्रस्तुत गरेका थिए । निकै समय लिएर आक्रमण गर्ने क्रममा अधिकांश समय बल आफ्नै हाफमा खेलिएको थियो ।
खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाले मेस्सीको गोलमा सुरुवाती अग्रता बनायो । मेस्सी आफैंले पेनाल्टी क्षेत्र बाहिरबाट पास खेल्दै सुरु गरेको मुभ गोलमा परिणत भयो ।

दोस्रो हाफ सुरु भएपछि अर्जेन्टिनाले मिडफिल्डर गोमेजको स्थानमा डिफेन्डर लिसान्द्रो मार्टिनेज प्रवेश गरायो । विंगब्याकलाई आक्रमणमा प्रयोग गर्दै अर्जेन्टिनाले लगातार बल आफैंसँग राख्ने प्रयास गरेको थियो ।

खेलको ५७ औं मिनेटमा अर्जेन्टिनाले गोलरक्षक म्याट रायनको गल्तीको फाइदा उठाउँदै अग्रता दोब्बर पार्यो
७७ औं मिनेटमा क्रेग गुडविनले अष्ट्रेलियाका लागि गोल फर्काए । यस खेलमा बेन्चमा रहेका उनले मैदान प्रवेश गरेको १५ मिनेटपछि गोल गरे । क्लियर हुन नसकेको बललाई उनले २५ यार्ड टाढाबाट गरेको प्रहार एन्जो फर्नान्डेजलाई लाग्दै गोल भएको थियो ।

७९ औं मिनेटमा अष्ट्रेलिया खेल बराबरी गर्ने स्वर्णीम अवसरबाट चुक्यो ।
क्वाटरफाइनलमा अर्जेन्टिनाल नेदरल्यान्ड्सको सामना गर्नेछ । आजै भएको राउन्ड अफ १६ चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ गोलले पराजित गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा