शनिबार, साउन ९ २०८३
ताजा अपडेट

झनै कठिन मोडमा पुग्यो अष्ट्रेलिया, अर्जेन्टिनाले लियो अर्को गोलको अग्रता !


  • आइतबार, मंसिर १८ २०७९
10.5K
SHARES

कतार । कतारमा जारी फिफा विश्वकप अर्जेन्टिना र अष्ट्रेलिया विच भएको खेल रोमाञ्चक बन्दै गएको छ । नेपाली समय अनुसार शनिबार १२ः४५ बजेबाट सुरु भएको अन्तिम १६ अन्तरर्गतको खेल दोश्रो हाफको खेल भइरहेको छ ।

पहिलो हाफमै अर्जेन्टिनाका स्टार खेलाडी लिओनल मेस्सीले गोल गर्न सफल भएका छन् । खेलको ३५औँ मिनेटमा मेस्सीले गोल गरेका हुन् ।
दोश्रो हाफको ५७औँ मिनेटमा जुलिएन अल्भारेजले अर्को गोल गरेका छन् । २ गोलको अग्रतासहित अर्जेन्टिना अगाडी बढिरहेको छ । अष्ट्रेलियाका लागि अन्तिम ८ मा पुग्न अब कठिन बन्नेछ ।

खेल कतारको हमद बिन अली स्टेडियममा भइरहेको छ । दुवै टिम क्वार्टरफाइनल पुग्ने लक्ष्यसहित खेलिरहेका छन् ।

अर्जेन्टिना र अस्ट्रेलिया १५ वर्षपछि एकअर्काको सामना गरिरहेका छन् । यी दुई टोलीले हालसम्म सात खेलमा एकअर्कोको सामना गरिसकेको छन् । जसमा अर्जेन्टिनाले पाँच र अस्ट्रेलियाले एक जित हात पारेको छ । यी दुई टोलीबीचको एक खेल भने बराबरीमा सकिएको छ । आजको खेल भने अन्तिमसम्म हेर्नु पर्ने हुन्छ ।

अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले नकआउटमा अस्ट्रेलियालाई कमजोर नठान्ने बताएका थिए ।

‘अस्ट्रेलिया पनि राम्रो लयमा छ । हामीले अस्ट्रेलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन । अस्ट्रेलियाविरुद्धको खेल निकै कठिन हुनेछ,’ मेस्सीले नकआउट चरणको खेल अगाडी भनेका थिए, ‘कोहीले कसैलाई पनि हराउन सक्छ । विश्वकपमा सबै टिम समान छन् । हामीले सधैँ जस्तै राम्रो तरिकाले खेलको तयारी गर्नुपर्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा