शनिबार, साउन ९ २०८३
ताजा अपडेट

फेरी चम्किए मेस्सी, अष्ट्रेलियाका लागि बज्यो पहिलो हाफमै खतराको घण्टी !


  • आइतबार, मंसिर १८ २०७९
10.9K
SHARES

कतार । कतारमा जारी फिफा विश्वकप अर्जेन्टिना र अस्ट्रेलिया बिच भएको खेल रोमाञ्चक बन्दै गएको छ । नेपाली समय अनुसार शनिवार १२ः४५ बजेबाट सुरु भएको अन्तिम १६ अन्तर्गतको खेल यो समाचार तयार पार्दासम्म पहिलो हाफको खेल सकिएको छ ।

पहिलो हाफमै अर्जेन्टिनाका स्टार खेलाडी लिओनल मेस्सीले गोल गर्न सफल भएका छन् । खेलको ३५औँ मिनेटमा मेस्सीले गोल गर्न सफल भएका हुन् । वाकी दोस्रो हाफ अर्जेन्टिनाका लागि कस्तो बन्छ ? हेर्न वाकी छ ।

खेल कतारको हमद बिन अली स्टेडियममा भइरहेको छ । दुवै टिम क्वार्टर फाइनल पुग्ने लक्ष्यसहित खेलिरहेका छन् ।

अर्जेन्टिना र अस्ट्रेलिया १५ वर्षपछि एक अर्काको सामना गरिरहेका छन् । यी दुई टोलीले हालसम्म सात खेलमा एक अर्कोको सामना गरिसकेको छन् । जसमा अर्जेन्टिनाले पाँच र अस्ट्रेलियाले एक जित हात पारेको छ । यी दुई टोलीबिचको एक खेल भने बराबरीमा सकिएको छ । आजको खेल भने अन्तिमसम्म हेर्नु पर्ने हुन्छ ।

अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले नकआउटमा अस्ट्रेलियालाई कमजोर नठान्ने बताएका थिए ।

‘अस्ट्रेलिया पनि राम्रो लयमा छ । हामीले अस्ट्रेलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन । अस्ट्रेलियाविरुद्धको खेल निकै कठिन हुनेछ,’ मेस्सीले नकआउट चरणको खेल अगाडी भनेका थिए, ‘कोहीले कसैलाई पनि हराउन सक्छ । विश्वकपमा सबै टिम समान छन् । हामीले सधैँ जस्तै राम्रो तरिकाले खेलको तयारी गर्नुपर्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा