मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

चोटको सिकार बनेका नेयमार बारे आयो यस्तो खबर !


  • KTM Khabar
  • शनिबार, मंसिर १७ २०७९
3K
SHARES

कतार – कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा ब्राजिल क्यामरुनसँग पराजित हुन पुग्यो ।

नकआउट चरणमा पुगिसकेको टोलीले चोटको समस्याबाट टाढा रहन मुख्य खेलाडीलाई विश्राम दिने निर्णय गरियो ।

ब्राजिलका टिम डाक्टर रोड्रीगो लास्मारका अनुसार टोलीमा चोटका कारण विश्राममा रहेका तीन खेलाडीको स्थितिमा थप सुधार आएको छ । तर क्यामरुनविरुद्ध खेलमा थप दुई खेलाडी चोट बोक्न पुगेका छन् । यसअघि चोटका कारण बाहिर रहेका तीनमध्य नेयमार र एलेक्स सान्ड्रोले शनिबार प्रशिक्षण गर्नेछन् ।

‘नेयमार र एलेक्स सान्ड्रोबारे भने अझै केहि भन्ने अवस्था छैन । अर्को खेलका लागि हामीसँग ७२ घण्टा बाँकी छ । हामी त्यो समय उपयोग गर्न चाहन्छौं । दुवै फर्कने सम्भावना पनि छ । अब हाम्रो प्रयासमा कस्तो नतिजा आउँछ हेर्न बाँकी छ ।’, रोड्रीगाले भने ।

उनले भने, ‘नेयमार र एलेक्सले कस्तो सुधार गर्छन् हेर्न बाँकी छ । भोलिदेखि बलसँग प्रशिक्षण गर्नेछन् । त्यसमा उनीहरुले कस्तो महसुस गर्छन्, त्यसै अनुसार अघि बढ्नेछौं ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा