शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चमत्कारी जित निकाल्दै नेदरल्यान्ड पुग्यो अर्को राउण्डमा, अमेरिका रोकियो !


  • शनिबार, मंसिर १७ २०७९
6.9K
SHARES

कतार । कतारमा जारी फिफा विश्वकप फुटबलमा आजको भएको खेलमा नेदरल्यान्ड विजयी भएको छ । शनिबार सम्पन्न अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३–१ गोलले पराजित गर्दै नेदरल्यान्ड अन्तिम ८ मा प्रवेश गरेको छ ।

खलिफा रंगशालामा पहिलो हाफमै नेदरल्यान्डले २–० गोलको अग्रता लिएको थियो ।

खेलको दशौं मिनेटमा डेन्जेल डम्फ्रिजको लो क्रसलाई मेम्फिस डिपाएले गोलमा परिणत गरे । इन्ज्युरी समयमा नेदरल्यान्ड्सले अग्रता दोब्बर पार्यो । डेली ब्लिन्डले डम्फ्रिजको क्रसमा गोल गर्दै डच टोलीलाई २–० ले अघि बढाए ।

७६ औं मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई खेलमा फर्काए । त्यसको ५ मिनेटपछि नै नेदरल्यान्ड्सले दुई गोलको अग्रता पुनः स्थापना गर्यो । डेली ब्लिन्डको पासमा डम्फ्रिजले सुन्दर फिनिस गर्दै डच टोलीलाई क्वाटरफाइनल नजिक पुर्याए ।

समूह ए को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको नेदरल्यान्ड्सले अब क्वाटरफाइनलमा आजै हुने दोस्रो खेलको विजेतासँग खेल्नेछ । राउन्ड अफ १६ को दोस्रो खेलमा आज अर्जेन्टिना र अष्ट्रेलिया भिड्दैछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा