एजेन्सी । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत बुधबार राती समूहको अन्तिम खेलमा दुई पटकको विजेता अर्जेन्टिना र पोल्यान्डविचको खेल हेर्न लायक बनेको थियो । दुई तिहाई समय बल आफ्नो पकडमा राखेको अर्जेन्टिना यो खेल जित्नैपर्ने दबाबमा थियो भने पोल्यान्डलाई बराबरी पर्याप्त थियो ।
खेल २–० गोलले अर्जेन्टिनाले जित्यो र अन्ति १६ मा स्थान बनायो । हारेपनि पोल्यान्ड समूह उपविजेताका रुपमा पहिलो चरण पार गर्न सफल भयो।
खेलपछि लेवान्डोस्की र मेस्सीले गोप्य रुपमा कानेखुसी गरेको देखिएको थियो । उक्त दृश्यलाई क्यामरामा कैद भएको तस्विर सामाजिक सन्जाालमा भाइरल पनि भयो ।
कानेखुसीबारे लेवान्डोस्कीले स्पष्ट पार्दै मेस्सीसँग रक्षात्मक खेल्नुपरेको बताएको उनको भनाई उदृत गर्दै डेलीमेलले उल्लेख गरेको छ ।
लेवान्डोस्कीको भनाई उदृत गर्दै डेलीमेलले भनेको छ, ‘हामीले थोरै बोल्यौँ। रमाइलो भयो। मैले मेस्सीलाई सँधैको भन्दा आज बढी रक्षात्मक खेल्नुपरेको बताएँ। टिमका लागि कहिलेकाहीँ यो आवश्यक हुन्छ ।’
उनले मेस्सीमाथीको फलबारे भनेका छन्, ‘यो दुर्लभ कुरा हो, म डिफेन्सिभ मिडफिल्डमा थिएँ । तर मलाई थाहा थियो मैले टिमलाई सहयोग गर्नुपर्छ’, लेवान्डोस्कीले भनेका छन्।
लेवान्डोस्की मेस्सीले १७ वर्ष खेलेको बार्सिलोनामा अहिले क्लब फुटबल खेलिरहेका छन्। मेस्सीको अभाव पुर्ती गर्ने लक्ष्यसहित बार्सिलोनाले उनलाई भित्र्याएको थियो।