शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कमालको जित निकाल्दै दक्षिण कोरिया पुग्यो अन्तिम १६ मा, ऊरुग्वे लाग्यो नसोचेको झड्का !


  • शुक्रबार, मंसिर १६ २०७९
6.3K
SHARES

एजेन्सी । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई हराउदै दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह ‘ई’ को अन्तिम खेलमा पोर्चुगलमाथि २–१ को चमत्कारी जित निकाल्दै कोरिया उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । हार ब्यहोरेता पनि पोर्चुगल समूह विजेता बनेको छ ।

खेलको पाँचौ मिनेटमा पोर्चुगलले अग्रता लिएको थियो । डिओगो डालोटको कटब्याकलाई रिकार्डो होर्टाले ६ यार्ड बक्स नजिकबाट सुन्दर फिनिस गर्न सफल भएका थिए ।

२७ औं मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्कायो । कर्नरमा क्लियर हुन नसकेको बललाई किम युङ–ग्वनले गोलमा परिणत गरे ।

यस्तै, इन्ज्युरी समयमा गोल गर्दै कोरियाले २–१ को अप्रत्याशित जित हासिल गर्यो ।

पोर्चुगलको कर्नर असफल भएपछि ह्युङ मिन सनले आफ्नो हाफदेखि बल अघि बढाउँदै पोर्चुगलको पेनाल्टी नजिक पुर्याए । सनले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासलाई ह्वाङ हि चानले सहजै गोलमा परिणत गरे ।

समूहको अर्को खेलमा उरुग्वेले घानालाई २–० ले पराजित गरेपनि दुवै टोली अघि बढ्न सकेनन् ।

अन्तिम नतिजासम्म आइपुग्दा पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

पोर्चुगलले ३ खेलमा ६ अंक जोड्दै समूह विजेता बन्यो । कोरिया र उरुग्वे ३ खेलमा ४–४ अंकसाथ दोस्रो र तेस्रो स्थानमा रहे ।

दुवैको गोलअन्तर शून्य भएपनि बढी गोल गरेको आधारमा कोरिया अघि बढेको हो । कोरियाले ४ गोल गर्दा उरुग्वेले २ गोल गरेको थियो । घाना ३ अंक जोड्दै चौथो भएर चरणबाट बाहिरियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा