आइतबार, माघ २२ २०७९
ताजा अपडेट

विश्वकपमा किन मास्क लगाएर खेलिरहेका छन् सन, यस्तो रहेछ कारण !


  • KTM Khabar
  • शुक्रबार, मंसिर १६ २०७९
17.1K
SHARES

एजेन्सी । कतारमा जारी विश्वकप फुटबलमा दक्षिण कोरिया टिमका कप्तान ह्युङ–मिन सन कालो मास्क लगाएर खेलिरहेका छन् । उनले किन मास्क लगाए भन्ने चाँसो हुन सक्छ । उनले चोटबाट जोगिन मास्कको प्रयोग गरेका हुन् ।

टोटेनह्यामका यी स्टारले फेसनका लागि नभएर अनुहारमा लाग्न सक्ने चोटबाट जोगिन मास्कको प्रयोग गरेका छन् । मास्क अनुहारको हड्डीलाई प्रभावबाट जोगाउन डिजाइन गरिएको छ । र, यसले थप चोटपटकको जोखिमलाई कम गर्छ ।

नोभेम्बरको सुरुमा मार्सेलीविरुद्धको च्याम्पियन्स लिगको भिडन्तमा टोटेनहमका लागि खेल्दा सनलाई चोट लागेको थियो ।

चान्सेल एम्बेम्बासँग टक्कर हुँदा उनको आँखामा चोट लागेको थियो । आँखाको चोटलाई पूर्णरूपमा निको बनाउन उनले शल्यक्रिया गर्नुप¥यो । यसले गर्दा सन दक्षिण कोरियाको विश्वकप टोलीमा नपर्ने सम्भावना थियो । त्यसका बाबजुत पनि दक्षिण एसियाकै यी स्टारलाई विश्वकपमा देख्न पाइएको छ ।

फुटबलमा अनुहारको मास्क सामान्य नदेखिए पनि धेरै हाई प्रोफाइल खेलाडीहरूले खेल्दा त्यसलाई लगाउने गरेका छन् ।

एन्टोनियो रुडिगरले पनि यस्तो मास्क लगाएर खेलेका थिए । उनले युरो २०२० मा जर्मनीका लागि खेल्दा मास्क लगाएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा