सोमबार, माघ २३ २०७९
ताजा अपडेट

रिलायन्सले आजबाट सुरु गर्यो ‘मोडल यूनाइटेड नेसन’ कार्यक्रम (तस्बिरसहित)


  • KTM Khabar
  • शुक्रबार, मंसिर १६ २०७९
1.7K
SHARES

काठमाडौँ । काठमाडौँ उपत्यकाकै प्रतिष्ठित शैक्षिक संस्था रिलायन्स कलेजले आजबाट ‘रिलायन्स कलेज मोडल यूनाइटेड नेसन २.०’ कार्यक्रम सुरु गरेको छ । ३ दिनसम्म चल्ने उक्त कार्यक्रम कलेजको प्राङ्गण चाबहिलमा आयोजना गरिएको छ ।

विद्यार्थीहरूको प्रतिभालाई उजागर गरी उनीहरूलाई राष्ट्रको असल र सभ्य नागरिक बनाउने उद्देश्य रहेको कलेज प्रशासनले जनाएको छ । पठन पाठनसँगै रिलायन्सले अतिरिक्त क्रियाकलापहरूलाई विशेष जोड दिँदै आएको छ । सोही कुराको निरन्तरता स्वरूप ‘रिलायन्स कलेज मोडल यूनाइटेड नेसन २.०’ को आयोजना गरिएको जनाइएको छ ।

आज भएको उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यताका लागि परराष्ट्रविद् एवं पूर्वप्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईलाई निमन्त्रण गरिएको थियो । यस्तै, विशेष आतिथ्यताका लागि संयुक्त राष्ट्र सङ्घ का प्रतिनिधि एड्रिन मोरिजलाई निमन्त्रणा गरिएको थियो । भने कार्यक्रममा कलेज व्यवस्थापन टिम, विभिन्न स्कूलका प्रतिनिधि, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

रिलायन्स साहित्यिक क्लबको सक्रियता मोडल यूनाइटेड नेसन कार्यक्रम आयोजना गरिएको हो । भने यूनाइटेड नेसन हाउस, काठमाडौँ साझेदारी पार्टनर रहेको छ ।

यस्तै, उक्त कार्यक्रममा सहभागी हुन काठमाडौँ उपत्यकाका विभिन्न १७ विद्यालयका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू कूटनैतिक प्रतिनिधिका रूपमा आएका छन् । भने विभिन्न देशहरूबाट पनि प्रतिनिधिहरू आएका छन् ।

‘संयुक्त राष्ट्र सङ्घको प्रतिविम्ब स्वरूप कार्यक्रम आयोजना गरिएको छ ।’ रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष एवं क्याम्पस प्रमुख रविन्द्र जंग थापाले भने, ‘विश्व भाइचारा, विश्व शान्ति सद्भाव अभिवृद्धि लगायत सर्वजन हितका लागि कार्यक्रमको आयोजना गरिएको हो । आशा छ यो ३ दिने कार्यक्रम सभ्य, भव्य हुनेछ ।’

तिनसम्म चल्ने उक्त कार्यक्रमको समापन सुकेधारास्थित मिराकल भेन्युको हलमा हुने जनाइएको छ । प्रमुख आतिथ्यताका लागि परराष्ट्रविद् डा. राजन भट्टराईलाई निम्ता गरिएको कलेज प्रशासनले जनाएको छ ।


कार्यक्रममा विद्यार्थीहरूले संयुक्त राष्ट्र सङ्घका ७ वटा समितिहरू मार्फत विभिन्न शीर्षकका एजेन्डा मा छलफल, अन्तरक्रिया गरी सो को एजेन्डालाई अन्तिम निष्कर्ष सहितको डकुमेन्ट तयार गर्नेछन् ।

संयुक्त राष्ट्र सङ्घको महासम्मेलनमा हुने नमुना स्वरूप रहेको यो कार्यक्रम (संयुक्त राष्ट्र सङ्घ–२.०) रिलायन्स कलेजको वार्षिक नियमित कार्यक्रमको रूपमा आयोजना गर्दै आएको छ ।

तस्विरः केटिएम खबर


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा