बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

ह्वात्तै घट्यो ब्रोइलर कुखुराको मासु !


  • KTM Khabar
  • बिहिबार, मंसिर १५ २०७९
6.1K
SHARES

फाइल तस्विर

काठमाडौँ । बजारमा ब्रोइलर कुखुराको मासुको मुल्य ह्वात्तै घटेको छ । अन्य खाद्यवस्तुको भाउ बढिरहँदा ब्रोइलर कुखुरा मासुको भाउ भने घटेको हो ।
ब्रोइलर कुखुरा मासुको भाउ केही सातादेखि निरन्तर घटिरहेको छ । भारतबाट सस्तोमा कुखुरा भित्रिन थालेपछि मुल्यमा भारी गिरावट आएको ब्यवासायीहरु बताउछन् ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार करिब दुई महिनाको अवधिमा ब्रोइलर कुखुरा मासुको होलसेल मूल्य प्रतिकिलो ५० रुपैयाँ सस्तो भएको छ ।

मूल्य घट्नुको एक मात्रै कारण भारतबाट सस्तोमा आयात भएर हो, संघका सचिव देवकुमार गिरीले बताए । असोज २२ गते प्रतिकिलो २ सय ७० रुपैयाँ रहेको जिउँदो ब्रोइलर कुखुराको कोल्डस्टोर मूल्य असोज ३१ मा प्रतिकिलो २ सय ६० रुपैयाँ तोकियो । मंसिर १४ गते प्रतिकिलो २ सय २० रुपैयाँ तोकिएको संघले जनाएको छ ।

गिरीका अनुसार खुल्ला सीमाका कारण भारतबाट अवैध रुपमा ब्रोइलर कुखुरा भित्रिन्छ । तुलनात्मक रुपमा भारतीय कुखुरा धेरै सस्तो पर्छ । सस्तो कुखुरा बजारमा भित्रिएपछि बाध्य भएर मूल्य घटाएको उनको दाबी छ ।

‘आर्थिक मन्दीले सर्वसाधारणको क्रयशक्ति घटेको देखिन्छ, जसले गर्दा खपत पनि कमै भएको छ,’ उनले भने, ‘सस्तो कुखुरा तस्करी भएर आएपछि प्रतिस्पर्धा गर्न मूल्य घटाउन बाध्य भयौं ।’ संघले कोल्डस्टोर मूल्य २ सय २० तोकेपछि खुद्रा बजारमा प्रतिकिलो ३ सय रुपैयाँ भन्दा बढी नपर्ने गिरीको दाबी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा