नेकपा एमाले अध्यक्ष केपी सर्मा ओलीले सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएको भन्दै आक्रोश पोखेका छन् ।
अध्यक्ष ओलीले सुकुम्वासी बस्तीमा डोजर चलाएर सरकारले सत्ताको उन्माद प्रदर्शन गरेको बताएका हुन् । सोमबार थापाथलीस्थित सुकुम्बासी बस्तीमा एकीकृत बागमती सभ्यता विकास समितिले महानगरको समन्वयमा डोजर चलाएको थियो।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘फुसका छाप्रा भत्काउन डोजर प्रयोग गरिएको छ। पक्की भवन भत्काउन हो र? त्यहाँ अशक्त होलान्, बालबच्चा होलान्। सुकुम्बासी हाम्रा शत्रु होइनन्। डोजर लगाएर त्यहाँ सत्ताको उन्माद देखाइयो।’
सुकुम्वासी प्रति सरकार अनुदार बनेको प्रश्न उठाउँदै सुकुम्वासीका समस्या समाधान गर्न गठन गरिएको आयोग विघटन गर्दै सरकारले उनीहरूको समस्या समाधानमा गैर जिम्मेवारपन देखाएको ओलीको भनाइ थियो।
सुकुम्वासी बस्तिमा डोजर चलाएको प्रति महानगरपालिकाका मेयर बालेन साह र संघीय सरकारप्रति आक्रोश व्यक्त गरेका हुन् । सरकारले गैर जिम्मेवार ढङ्गबाट डोजर चलाएको ओलीको आरोप छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।