मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

मत दिएर जिताउने जनता मेरा भगवान् हुन, उनीहरूलाई कहिल्यै धोका दिन्न : श्रीराम लामिछाने


  • KTM Khabar
  • आइतबार, मंसिर ११ २०७९
1.9K
SHARES

कांग्रेस नेता श्रीराम लामिछाने

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश ‘१’ तर्फबाट प्रदेश सभा तर्फ जित हासिल गरेका कांग्रेस नेता श्रीराम लामिछानेले आफूलाई मत दिने जनतालाई कहिल्यै धोका नदिने बताएका छन् ।

एक बधाई तथा धन्यवाद आदान प्रदान सभालाई सम्बोधन गर्दै नेता लामिछानेले जनताको शिर निहुरिने काम आफूले कहिल्यै नगर्ने समेत बताएका हुन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा काँग्रेस महामन्त्री गगन थापाले प्रतिनिधिसभा तर्फ जित हासिल गरेका छन् भने प्रदेश सभा १ तर्फ गठबन्धनका साझा उम्मेदवारको रूपमा लामिछानेले जित हात पारेका हुन् ।

प्रदेश सभा ‘१’ तर्फ राप्रपा सँग कडा प्रतिस्पर्धा गरेका नेता लामिछानेले ७१२५ मत सहित अग्रस्थानमा रहेर जित हात पारेका हुन् ।

निकटतम प्रतिद्वन्दि राप्रपाका रिद्दी प्रताप राणाले ६६०४ मत प्राप्त गरेका थिए । त्यस्तै तेस्रो नेकपा एमाले भएको थियो । नेकपा एमालेका तेज ढकालले ४३३५ मत प्राप्त गरेका थिए ।

प्रदेश २ तर्फ भने नेकपा एमालेका जयराम थापाले १०४१७ मत सहित आफ्नू पक्षमा जित निकाल्न सफल भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा