मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

देशैभर घण्टी बजेपछि केपी ओलीले दिए यस्तो प्रतिक्रिया, खिच्यो सबैको ध्यान !


  • KTM Khabar
  • बिहिबार, मंसिर ८ २०७९
2.6K
SHARES

फाइल तस्विर

काठमाडाैँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी स्थापनाको छोटो समयमै अप्रत्यासित नजिता ल्याउँदै दुनिँया चकित बनाइरहेका बेला यत्ति छोटो समयमा यस्तो परिणाम कसरी सम्भव भयो भनेर विभिन्न कोणबाट चर्चा परिचर्चा सुरु भएको छ ।

पुराना र स्थापित दलहरुलाई दरिलो धक्का दिने गरि राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन भन्दा अघिनै रवि लामिछाने प्रति इंकित गर्दै स्टेजको छेउछाउमा डान्स गर्ने केटाकेटी सँग तुलना गरेका थिए उनले फेरी अर्को रोचक टिप्पणी गरेका छन् ।

देशव्यापी रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याइरहेको चुनावी परिणाम बारे टिप्पणी गर्दै एमाले अध्यक्ष ओलीले यसमा कुनै अचम्म मान्नु पर्ने कुरा नभएको भनेका छन् । यो मामुली कुरा भएको भन्दै मिडियाका कारण रविको पार्टी उदाएको प्रतिक्रिया दिएका छन् ।

त्यो ठूलो कुरा होइन मामुली कुरा हो। धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो। देशलाई गतल बाटोतिर लैजाँदै हुनुहुन्छ,’ ओलीले भने, ‘त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को के गन्तब्य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन। हा हा हु हु मा त देश चल्दैन। हा हु मा देश लैजाने कुरा नेपालको हितमा छैन।’

उनले चुनावी परिणामबारे पछि विश्लेषण गर्ने बताए। आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले चुनावमा जितेका उम्मेदवारहरूलाई बधाई र पराजित भएकालाई सहानुभूति रहेको बताए।

‘परिणामका बारेमा पछि विश्लेषण गरौंला। विजयीलाई बधाई र पराजित भएकालाई सहानुभूति छ। तर हराइएका र हराउन खोजिएकोमा असहमति राख्छु,’ ओलीले भने।

चुनावमा सत्ताको दुरूपयोग गरिएको ओलीको आरोप थियो।बुथ कब्जा गर्ने, हत्या गर्ने र राज्य संयन्त्रको दुरूपयोग गर्ने प्रवृत्ति देखिए। आतंक फिजाउने प्रवृत्ति देखिए। हेलिकप्टरबाट गुन्डा ओसारेर प्रवृत्ति चिन्ताको विषय हो,’ उनले भने, ‘सत्ता संरक्षित र सत्ता प्रायोजित गुन्डागर्दी र बुथ क्पाप्चार, हिंसाजस्ता कुराहरू अशोभनीय र निन्दनीय छ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा