मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

२७ बर्षिया सोबिताले रचिइन् इतिहास, पाइन् नसोचेको चौतर्फी प्रशंसा !


  • KTM Khabar
  • बुधबार, मंसिर ७ २०७९
1.4K
SHARES

फाइल तस्विर

काठमाडाैँ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले दुनियाँ चकित हुने गरि चुनावी नजिजा ल्याइरहेको छ । काठमाडौँ जिल्लाको १० वटा निर्वाचन क्षेत्र मध्ये ४ वटामा घण्टी चुनाव चिन्हका उम्मेदवारहरुले सानदार जित निकालेका छन् ।

अधिवक्ता समेत रहेकी २७ बर्षिया युवा उम्मेदवार सोविता गौतमले काठमाडौँको क्षेत्र नम्बर २ मा सानदार जित निकाल्न सफल भएकी छिन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती प्रतिष्पर्धामा चौथो भएकी छिन् ।

प्रतिष्पर्धी उम्मेदवारलाई फराकिलो मतान्तरले हराउँदै सानदार जित निकालेकी सोविता गौतमको चर्चा यत्ति बेला देशव्यापी रुपमा चुलिएको छ । जनतालाई आकर्षित गर्ने गरी आफ्ना कुरा राख्ने सक्ने उनको वाककलाको तारिफ चलिनैरहेको थियो मिठो जित निकाले पछि उनको चर्चा झनै चुलिएको छ ।

केहि महिना अघि मात्रै काठमाडौँको खुल्ला मंचमा राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको एक कार्यक्रममा दमदार मन्तव्य दिएर चर्चामा आएकी उनले हेविवेट भनिएका उम्मेदवारहरुलाईनै पाखा लगाउँदै जित निकाले पनि उनको चर्चा झनै चुलिएको छ ।

उमेरले जम्मा २७ बर्षकी भएकी सोविता सम्भवत प्रतिनिधीसभामा सबैभन्दा कान्छी सांसद हुन सक्ने देखिएको छ । उनको जित सँगै बधाइ र शुभकामानाको ओइरो लागेको छ । बिजयी भए लगत्तै उनले दिएको प्रतिक्रियाले झैन प्रशंसा बटुलेको छ ।

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले क्षेत्र नम्बर २ का मतदाता चेतनशील रहेको बताइन् ।क्षेत्र नम्बर २ बाट निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूलाई जित दिलाउने मतदाताहरु चेतनशील भएको बताइन् । उनले यो क्षेत्र राष्ट्रपतिदेखि प्रधानमन्त्री सम्म पाइसकेकाले अब फेरि केही पाउने बताइन् ।

उनले सञ्चारकर्मीसँग भनिन्,‘हामीले घोषणापत्र बमोजिम गर्नेछौं । यो यस्तो ऐतिहासिक क्षेत्र हो । जहाँबाट निर्वाचित भइसकेपछि राष्ट्रपति पनि हुनुभएको छ । प्रधानमन्त्री पनि हुनुभएको छ । यहाँ जो बोलिरहनुभएको ९आफैलाई देखाउँदै० उहाँ पनि ऐतिहासिक हुनेछ । यो क्षेत्रले गर्व गर्नेछ कि हामीले यस्तो सासंद निर्वाचित गरेर पठायौं । यहाँको मतदातालाई गुनासो गर्न दिने छैनौं ।’

गौतमले संसदमा आफनो पाटी कहिले पनि नचुक्ने बताइन् । साथै काठमाडौं भनेर चिनिने विकट क्षेत्रमा पनि काम अगाडि बढाउनु पर्ने बताइन् । ‘बजेट भनेको शहरलाई मात्र चाहिने होइन जहाँ आवश्यकता छ त्यहाँ चाहिने हो । ’उनले भनिन् ।

सरकारमा जाने नजाने विषयमा स्पष्ट जवाफ दिन नसक्ने बताइन् । गौतमले आफुसँग पराजित भएका कुनै पनि उम्मेदवारको मान मर्दन नगर्ने पनि बताएकी छिन्् । ठूलो हूल हुज्जत गर्ने बाइक र्याली गर्ने जस्ता काम पनि नगरी सामान्य किसिमले बिजय जुलुस मनाउने उनले भनेकी छिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा