काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नं. ४ प्रदेशसभामा २ मा नेकपा एमालेका उम्मेद्वार जयराम थापा निर्वाचित भएका छन् । उनले गठबन्धनका साझा उम्मेद्वार कुसुम कुमार कार्कीलाई पराजित गरेका हुन् ।
काठमाडौं क्षेत्र नं. ४(२) अन्तर्गतको बूढानीलकण्ठ नगरपालिका वडा नं. १ बाट शुरु गरिएको मत गणनाबाटै अग्रता लिएका नेकपा एमालेका जयराम थापाले बूढानीलकण्ठ ११ सम्म आईपुग्दा फराकिलो अग्रता कायम गरेका थिए ।
बूनपा १ मा १४७ वडा नं. २ मा १३३८, वडा नं. ८ मा १२२८, वडा नं. ९ मा ७९१, वडा नं. १० मा २०९४, मत ल्याएका थापाले बूनपा १३ सम्म आईपुग्दा कुल १०३१७ मत ल्याई एकीकृत समाजवादीका कुसुम कुमार कार्कीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
त्यसैगरी यसै क्षेत्रबाट राष्टिय प्रजातन्त्र पार्टीका पुण्यलाल श्रेष्ठले अप्रत्यासित रूपमा ५१७७ मत प्राप्त गरेका छन् भने जयराम थापाका निकटतम प्रतिद्वन्दी मानिएका कार्कीले ८३८२ मत मात्रै प्राप्त गरे । गठबन्धनको पराजयमा राप्रपाको अप्रत्यासित मत प्रमुख कारक मानिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।