मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

काठमाडौँमा माओवादी केन्द्रको पत्तासाफ, घण्टीले गर्यो चमत्कार !


  • KTM Khabar
  • बुधबार, मंसिर ७ २०७९
1.6K
SHARES

फाइल तस्विर

काठमाडाैँ । सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गते गराएको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम देशैभरबाट धमाधम आइरहेको छ । प्रारम्भिक परिणाममा जनु रुझान देखिएको छ त्यसले अनेकौ सवालहरुलाई उजागर गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विरुद्ध सत्ता पक्षिय ५ दल गठबन्धन गरेर निर्र्वाचनमा होमिएका थिए । प्रतिपक्षका विरुद्ध सत्तापक्ष गठबन्धन गरेर निर्वाचनमा जाने कुरा आफैँमा अनौठो त छँदै थियो प्राप्त मत परिणामले अप्राकृतिक गठबन्धन गर्नेहरुलाई समेत जनताले लोप्पा खुवाइदिएका छन् ।

जुन किसिमको मत परिणाम आइरहेको छ यसले नेकपा माओवादी केन्द्र र नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसले नमिठो धक्का खाएको छ । गठबन्धनबाट नेपाली काग्रेसले लाभ लिएको देखिए पनि माओवादी केन्द्र र नेकपा एसको भने हालत खराब देखिएको छ ।

काग्रेसका उम्मेदवार भएका ठाउँमा माओवादी केन्द्रका कार्यकर्ताले इमान्दारीताका साथ भोट हालेको चर्चा छ किनभने काग्रेस उम्मेदवारले तुलनात्मक रुपमा सहज जित निकालिरहेका छन् भने माओवादी केन्द्र र नेकपा एसका उम्मेदवार बनेका ठाउँमा उनीहरु धमाधम पराजित भइरहेका छन् ।

गठबन्धन गर्दा जति सिटमा माओवादी केन्द्रले अग्रता लिइरहेको छ त्यति सिट त एक्लै प्रतिष्पर्धा गरेको भए पनि जित्न सकिने थियो भनेर माओवादी केन्द्रका कार्यकर्ताहरुले नेतृत्वको आलोचना गरेका छन् । कपितयले त प्रचण्डले राजिनामा दिनु पर्ने आवाज पनि उठाइरहेका छन् ।

नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसका अधिकांश उम्मेदवारहरु पाराजित भएका छन् । विरोध खतिवडा , रामकुमारी भाँक्री देखी जगन्नाथ खतिवडा सम्मलाई एमाले उम्मेदवारले हराएका छन् भने झलनाथ खनाल पनि हारको नजिक रहेका छन् ।

काग्रेसले माओवादी केन्द्रलाई खेताला मात्रै बनाएको चर्चा राजनितिक क्षेत्रमा व्यापक रुपमा चल्न थालेको छ । २० बर्ष सम्म गठबन्धन गछौँ भन्ने काग्रेस माओवादीको गठबन्धन २० दिन पनि टिक्न नसक्ने होकी भन्ने चर्चा पनि चल्न थालेको छ। माओवादीका नेताहरुले खुलेरै काग्रेसले धोका दिएको भन्न थालेका छन् ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका वाइसियल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले त नेपाली काग्रेसका महामन्त्री गगन थापाको नामै किटेर काग्रेसले माओवादीलाई भोट नहालेर घण्टीमा भोट हालेको आरोप लगाएका छन् ।

चुनाव अघि आफ्नो पार्टी निर्णायक तेस्रो शक्ति बन्ने र आफ्नो हातमा सत्ताको चाबी आउने बताउने गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि चुनावी नतिजाले मर्माहत बनेका छन् । चुनाव पछिको पहिलो प्रधानमन्त्री बन्ने दाउमा रहेका प्रचण्डको दाउमा चुनावी नतिजाले घाउ लगाइदिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा