शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

गोकर्ण बिष्टसंग चुनाव हारे रामकुमारी झाँक्रीले यसो भनिन् !


  • बुधबार, मंसिर ७ २०७९
12.4K
SHARES

फाइल तस्विर

नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसकी सचिव समेत रहेकी रामकुमारी झाँक्री गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण बिष्टसँग पराजित भएकी छिन् । काग्रेस सहितको गठबन्धनको तर्फबाट उम्मेदवार बने पनि झाँक्रीलाई विष्टले फराकिलो मतान्तरले पराजित गरेका छन् ।

गोकर्ण विष्टसँग पराजित भए पछि झाँक्रीले प्रतिक्रिया दिएकी छिन् । जय पराजयलाई स्वाभाविक रुपमा लिएको भन्दै उनले हार स्विकार गरेकी छिन् । झाँक्रीले यो निर्वाचन आफ्नो लागि अत्यन्त रोमाञ्चक भएको बताएकी छन् ।

नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टसँग पराजित भएपछि उनले गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा सधैं साथ रहने बताएकी छन् बिष्टलाई बधाई दिँदै लेखेकी छन्, ‘यो निर्वाचनमा विजयी मेरो आदरणीय दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना । गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैं साथमा रहनेछु।’

उनले निर्वाचनबाट समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिंधसम्म पुगेर बुझ्ने मौका पाएको बताएकी छन् ।

‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो । ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी । समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिंधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ’, उनले लेखेकी छन्, ‘यो साढे दुई दशकमा समाजलाई जसरी एक प्रकारको गलत प्रयोग गरिएको रहेछ नि, त्यो चाहिं लोकतन्त्रको लागि गम्भीर छ ।’

उनले आफ्नो पराजयलाई मैले अत्यन्तै सहज रूपमा लिएको बताएकी छन् । ‘मेरो पक्षमा हजारौं मतदाताले आफ्नो अभिमत दिनुभएको छ, यसप्रति म सधैं ऋणी हुनेछु । यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्यहरू ।’उनले गठबन्धन दलका नेतृत्वसहित आफूलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन् ।

गोकर्ण बिष्टसँग पराजित भए पछि रामकुमारी झाँक्रीले सामाजिक संजालमा लेखेको स्टाटस यस्तो छ यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो। ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी।समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ।यो साडे दुई दशकमा समाजलाई जसरी Depoliticization (एक प्रकारको गलत प्रयोग) गरीएको रहेछ नि त्यो चाहि लोकतन्त्रको लागि गम्भिर छ। डर लाग्दो छ। जय र पराजय सामान्य प्रक्रिया हुन।

मैले अत्यन्तै सहज रूपमा लिएको छु। मेरो पक्षमा हजारौ मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधै ऋणी हुनेछु। यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्यहरू। गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ता साथिहरू, निर्वाचन सम्पन्न गर्न सहभागी सबै सुरक्षाकर्मी, कर्मचारी मित्रहरू,संवयम सेबक र पत्रकार साथिहरू मेरा समर्थक, शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु।
साथै यो निर्वाचनमा विजयी मेरो आदारयिण दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना। गुल्मी जिल्लाको समग्र विकाश र समृद्धीको यात्रामा म सधै साथमा रहनेछु।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा