ओखलढुंगा । ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । वाम-लोकतान्त्रीक गठबन्धनका उम्मेदवार खतिवडा निवर्तमान सांसद यज्ञराज सुनुवारलाई ६८१८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
खतिवडाले ३३५५६ र सुनुवारले २६७३८ मत ल्याएका छन् । २०७४ को निर्वाचनमा खतिवडालाई ५२५३ मतले पराजित गर्दै सुनुवार विजयी भएका थिए ।
ओखलढुंगाका २ प्रदेशसभामा समेत कांग्रेस-माओवादीका साझा उम्मेदवार विजयी भएका छन् । १ मा कांग्रेसका प्रदीप सुनुवार र २ मा माओवादीका बाबुराम गौतमले चुनाव जितेका छन् ।
यो पनि पढ्नुहोस्,
काठमाडौँमा कांग्रेसका उम्मेदवार चालिसेले मारे बाजी !
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सन्तोष चालिसे करिब ४ हजार मतान्तरसहित विजयी भएका छन् ।
चालिसेले १५ हजार १५८ मतसहित विजयी हुँदा एमालेका कृष्ण राई ११ हजार १९६ मतमा रोकिएका छन् ।
राई २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।