मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

रबि लामिछानेले कमालको नतिजा ल्याउँदै, बढाए झनै ठुलो मतान्तर !


  • KTM Khabar
  • मंगलबार, मंसिर ६ २०७९
1.9K
SHARES

तस्विरः भोजराज थापा

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेले ठुलो मतान्तरमा अग्रता बढाएका छन् । राति ११ बजेसम्मको मत परिणामको अपडेट अनुसार लामिछानेले झनै ठुलो अग्रता बढाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले ८ हजार ९ सय ९३ मत प्राप्त गर्दै अग्र स्थानमा छन् । नेकपा (एमाले) का उम्मेदवार कृष्णभक्त पोखरेलले ५ हजार ७५ मत प्राप्त गरेका छन् । भने, नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ४ हजार ८ सय १९ मत प्राप्त गरेका छन् ।

यो पनि पढ्नुहोस्,

काठमाडौँ १ मा चुनाव हारेपछि रमेश खरेलले रवि लामिछानेलाई यस्तोसम्म भन्न भ्याए !

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काग्रेसका उम्मेदवार प्रकाशमान सिंह राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई झिनो मतान्तरले पराजित गर्दै विजयी भए पछि राजनिति तरंगित भएको छ ।

कुनै पनि हालतमा प्रकाशमान सिंहलाई हराउनै पर्छ भनेर लागेकाहरुनै एक जुट हुन नसक्दा प्रकाशमानले सहज जित निकाल्न सफल भएका छन् । समग्रमा मत प्रकाशमानको विपक्षमा रहे पनि प्रथम हुने निर्वाचित प्रणालीमा प्रतिष्पर्धीको भन्दा धेरै मत ल्याएर सिंहले जित निकालेका छन् ।

काठमाडौँको क्षेत्र नम्बर १ उम्मेदवारी दर्ताका दिन देखिनै चर्चामा रहेको थियो । अघिल्लो पटकको निर्वाचनमा सिंहसँग थोरै मतले पराजित भएका मिश्र यस पटक बदला लिने दाउमा थिए तर सिंह विरोधी मतहरुनै एक ठाउँमा रहन नसक्दा प्रकाशमानकै भाग्य चम्किएको छ ।

निर्वाचनमा पराजित भए पछि आमा चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गरेका रमेश खरेलले भने आफ्नो हारको कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने भएको प्रतिक्रिया दिएका छन् । लामिछानेलाई आरोप लगाउँदै खरेलले आफ्नो हारको दोष थोपरेका छन् ।

खरेलले यसमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई दोष देखाए । आफूले ३ महिना अगाडि नै सो पार्टीसँग सहकार्यका लागि प्रयास र समझदारी गरेको उनको भनाइ छ खरेलले भने, ‘मैले तीन महिना अगाडि एकै ठाउँमा उभिने भनेर प्रयास गरेको हुँ । उहाँहरूसँगको जेन्टलमेन्ट एग्रिमेन्ट ब्रेक भएको छ ।’

खरेलको भनाइअनुसार दुवै पार्टीले काठमाडौंमा एउटै प्लेटफर्मबाट एकैपटक ४५ जना उम्मेदवार घोषणा गर्ने भद्र सहमति रवि लामिछानेसँग भएको थियो । दुवैले एक-अर्को पार्टीसँग नजुधाउने गरी आआफ्ना उम्मेदवार उठाउने मौखिक समझदारी तोडिएको उनले गुनासो गरे ।

‘घण्टीको ठाएँमा मैले सपोर्ट गर्ने र हामी उठेको ठाउँमा घण्टीको उम्मेदवार नउठाउने जेन्टलमेन्ट अग्रिमेन्ट भएको थियो । रविजी र विराजभक्त श्रेष्ठसँग मैले कुरा गरेको हुँ । तर, त्यो सहमति ब्रेक भयो । राजनीतिक इमान्दारिताको पालना भएन,’ खरेलले भने ।

आफ्नो तर्फबाट पनि केही कमजोरी रहेको तर, जेन्टलमेन्ट एग्रिमेन्ट नतोडिएको भए परिस्थिति अर्को बन्न सक्ने खरेलको भनाइ छ ।राप्रपाका मिश्रसँग भने कुनै छलफल नभएको उनले बताए । परम्परागत पार्टीमा प्रवेश गरेकाले मिश्रसँग सहमति प्रयास नगरेको उनको भनाइ छ ।

‘हामी परिवर्तन पक्षधरहरू हौं । उहाँ विवेकशील छाडेर राप्रपामा गइसकेपछि मिल्नसक्ने आधार नै भएन,’ खरेलले भने ।आफूले पाएको मतलाई लिएर खरेल सन्तुष्ट नै छन् ।उनले भने, ‘म धन्यवाद दिन्छु मेरा मतदाताहरूलाई । असाध्यै आभारी छु । मलाई ३१ सयजना भन्दा बढीले पत्याइदिनुभयो । भर्खरै स्टार्ट भएको पार्टीका लागि यो पनि ठूलो कुरा हो । म सुशासनको एजेण्डा लिएर सधैँ अगाडि बढ्नेवाला छु ।’

उनले अब परिवर्तन पक्षधर सबैले छातीमा हात राखेर इमान्दारिपूर्वक नयाँ शिराबाट अघि बढ्नुपर्नेमा जोड दिए । यसो नगरी यथाथस्थितिवादी पार्टीहरूलाई विस्थापित गर्न नसकिने उनको तर्क छ ।

‘जस्तो कन्डिसनमा पनि म तयार छु । अब आ-आफ्नो ढ्याङ्ग्रो बजाएर हुँदैन,’ खरेलले भने ।अब चुनावको मतगणना सकिनेवित्तिकै छलफलमा जुट्न उनको प्रस्ताव छ । आफू सम्पूर्ण त्याग गर्न तयार रहेको र कुनै पदका लागि दाबी नगर्ने उनले बताए ।

‘मलाई केही चाहिँदैन । तर, नयाँ शिराबाट जानुपर्छ । सबैको विचारलाई ‘मेल्टिङ पट’ मा राखेर पगालौं । अनि त्यसबाट सही विचारको संस्लेषण गरेर अगाडि लैजाऔं । त्यसरी जानसके सम्भव छ । नत्र कांग्रेस, कम्युनिष्ट, राप्रपाजस्ता परम्परागत शक्तिहरूले नै हालीमुहाली गरिरहन्छन्,’ खरेलले भने ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतसँग खुशी छन् खरेल । तर, यो तात्कालीक वितृष्णाको मत मात्र हुन सक्ने उनको बुझाइ छ । परिवर्तन आकांक्षी यो जनमतलाई संस्थागत गर्नुपर्नेमा उनले जोड दिए ।

‘रविजी पपुलर हुनुहुन्थ्यो आफ्नो ठाउँमा छ । तर, यो वितृष्णाको मत हो । यसलाई रिटेन गर्न गाह्रो छ । त्यसैले उहाँहरुले पनि त्याग गर्नुपर्छ, अरुले पनि त्याग गर्नुपर्छ,’ खरेलले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफ्नो एकता र सहकार्य अझै पनि सम्भव रहेको र यसमा आफू खुल्ला रहेको पनि खरेलले बताए ।‘हामी सबै यो देशलाई माया गर्नेहरू एक ठाउँमा आउनैपर्छ । सबैजना आँखा चिम्लेर सोच्नुपर्छ । सबैले त्याग गर्न तयार हुनुपर्छ । म आफ्नो ठाउँबाट त्याग गर्न तयार छु,’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा