काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सन्तोष चालिसे करिब ४ हजार मतान्तरसहित विजयी भएका छन् ।
चालिसेले १५ हजार १५८ मतसहित विजयी हुँदा एमालेका कृष्ण राई ११ हजार १९६ मतमा रोकिएका छन् ।
राई २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यो पनि पढ्नुहोस्,
काठमाडौँको अर्को ठाउँमा पनि कांग्रेस उम्मेदवारले मारे बाजी !
काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् ।
अन्तिम मत परिणामअनुसार पौडेलले १५२४३ मतसहित विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १०२१० मत प्राप्त गरेका छन् । निर्वाचन आयोगले विजयको घोषणा गर्ने तयारी गरिरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।