काठमाडौं – काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् ।
अन्तिम मत परिणामअनुसार पौडेलले १५२४३ मतसहित विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १०२१० मत प्राप्त गरेका छन् । निर्वाचन आयोगले विजयको घोषणा गर्ने तयारी गरिरहेको छ ।
यो पनि पढ्नुहोस्,
कांग्रेसका पुकार महर्जन प्रदेशसभा सदस्यमा निर्वाचित
काठमाडौं–१० (१) निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका पुकार महर्जन प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । १० हजार ८२ मत ल्याएर महर्जनले प्रदेशसभा सदस्य जितेका हुन् ।
७ हजार ३०९ मत सहित एमालेका शिवभक्ति बलामी निकटतम प्रतिद्वन्द्वी रहे । यो क्षेत्रमा सत्ता गठबन्धनले मैत्री प्रतिस्पर्धा गरेका थिए ।
नेकपा माओवादी केन्द्रका दिलिप महर्जनले ३ हजार ६ सय मत पाए । उनी भन्दा धेरै मत राप्रपाका उमेशराज सापकोटाले पाएका छन् । सापकोटाले ७४ सय ल्याए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।