शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रबिले झनै घटाए मतान्तर, देखियो कमाल गर्ने सङ्केत !


  • मंगलबार, मंसिर ६ २०७९
9.5K
SHARES

तस्विरः सञ्चारकर्मी भोजराज थापा

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले कमालको नतिजा ल्याउने सङ्केत देखिएको छ । तेस्रो स्थानबाट दोस्रो स्थानको आएका लामिछानेले मतान्तरलाई झनै घटाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार कृष्णभक्त पोखरेलले २९ सय १९ मत ल्याएका छन् । रबि लामिछानेले २४ सय ९३ मत ल्याएका छन् । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले २३ सय ४० मतसहित तेस्रो स्थानमा छन् ।

यो पनि पढ्नुहोस्,

गगन थापाले मारे बाजी, निकाले कमालको नतिजा !

काठमाडौँ क्षेत्र नम्बर ४ बाट गगन थापा विजयी भएका छन् । सुरुवाती चरणदेखि नै अग्रता कायम गर्दै नेपाली कांग्रेसका महामन्त्री थापा विजयी भएका हुन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ मा बूढानीलकण्ठ नगरपालिकाको ८ वटा र काठमाडौँ महानगरको ४ वटा गरी जम्मा ८ वटा वडा रहेका छन् । बूढानीलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ र महानगरका १, ७, ८ र ३० पर्दछन् । जसको महानगरको वडा नम्बर ३० को मत गन्न नै वाकी छ । तर पनि मतान्तरका कारण थापा विजयी भइसकेको छन् ।

११ वटा वडा मत गणना हुँदासम्म गगन थापाले १९ हजार १४ मत प्राप्त गरेका छन् । नेकपा ९एमाले० का उम्मेदवार राजन भट्टराई १३ हजार २३ मत प्राप्त गरेका छन् । जसमा ५ हजार ९ सय ९१ मतको फरकमा थापाले अग्रता दिएका छन् ।

अब वडा नम्बर ३० को मत गणना हुन वाकी छ । जसमा ४ हजार ८ सय ८१ मत खसेको छ । निकटतम प्रतिद्धन्दी राजन भट्टराईसंगको मतान्तर बढी भएका कारण थापा वडा नम्बर ३० गणना नगरी विजयी भइसकेका हुन् ।

चुनावपछिको प्रधानमन्त्रीको घोषणा गरेका थापालाई आगामी बाटो खुलेको छ । अघिल्लो २०७४ सालको निर्वाचनभन्दा झन्डै दोब्बर मतान्तरले विजयी हुने आकलन गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा